काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले संविधानको प्रस्तावनामा लेखिएको पूर्ण स्वतन्त्रताको व्यवहारिक कार्यान्वयनमा सरकार लागेको बताएकी छिन् । उनले प्रेस स्वतन्त्रतालाई थप सुरक्षित गर्ने गरी एक वर्षदेखि सञ्चारसम्बन्धी कानुन निर्माण र पुनरावलोकनको काम भइरहेको जानकारी दिइन् ।
शुक्रबार राजधानीमा विश्व प्रेस स्वतन्त्रता दिवस तथा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले सञ्चार सम्बद्ध संस्था तथा यस क्षेत्रका विज्ञहरूको प्रत्यक्ष संलग्नता र राय सुझावका आधारमा कानुन मस्याैदा बनाउन काम भइरहेको जिकिर गरिन् ।
‘सरोकारवाला र जनताका सुझाव समेत लिएर कानुन निर्माण गर्ने कामलाई सरकारले प्राथमिकता दिएको छ । मिडिया काउन्सिल विधेयक संसद्मा पेस गरिएको छ । आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्मा पेस हुनेछ’, मन्त्री शर्माले जानकारी दिँदै भनिन्, ‘त्यस्तै सामाजिक सञ्जाललाई व्यवस्थित गर्न बनेको विधेयक चाँडै मन्त्रिपरिषद्मा लैजाने तयारी गरिएको छ । प्रक्रिया पुरा गर्न अर्थ, कानुन लगायत सहमतिका लागि लागिएकाले केही लामो भएको हो ।’
उनले खोजमूलक र पत्रकारिता गर्नका लागि सक्रियतापूर्वक लाग्न पत्रकारहरूलाई सुझाव दिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ बैशाख २०८१, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगानी सहजीकरण सम्बन्धी ऐन दुई/तीन दिनमै प्रमाणीकरण गराउनुपर्नेछ : मन्त्री शर्मा
मन्त्री शर्मासँग निर्माताद्वय रोहित र सरोजको भेटघाट
मनसुनजन्य घटनाका समयमा समन्वय र सहकार्य गरी काम गर्न मन्त्री शर्माको निर्देशन
बजेटले हामी कता जाँदैछौं भन्ने प्रारम्भिक खाका स्पष्ट गरेको छ : सञ्चारमन्त्री रेखा शर्मा
सम्पत्ति विवरण बुझाउँदा २ लाख हुनुपर्नेमा २० लाख भएछ : मन्त्री शर्मा
सुशासनका पक्षमा उभिएकाले राजश्व बढाउन सफल भयौं : मन्त्री शर्मा