काठमाडौं । जारी शिक्षक आन्दोलनमा साथ दिन पुगेको नेकपा एकीकृत समाजवादीको शीर्ष टोली अपमानित भएर फर्किएको छ । शिक्षकहरूले उल्टै उनीहरूविरुद्ध नाराबाजी गरे ।
पार्टीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसहितको टोली आन्दोलन स्थलमा पुगेको थियो । शिक्षकहरूको समर्थनमा भाषण गर्ने योजनासहित गरेका नेताहरु त्यतिबेला हिस्स परे, जब शिक्षकहरूले नै उनीहरुलाई त्यहाँबाट फर्किहाल्न भने ।
‘कोही नेता यहाँ आउनु पर्दैन, सक्ने भए संसदमा बोल’ भन्दै शिक्षकहरू कराएपछि नेताहरू लज्जित भएर फर्किनु परेको थियो । फर्किने क्रममा उनीहरूलाई प्रहरीले गाडीसम्म स्कर्टिङ गर्यो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ बैशाख २०८२, १४ : ०७
लेखकबाट थप