काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सदनप्रति सरकार जिम्मेवार रहेको बताएका छन्। विपक्षी दलहरूले आन्दोलनरत शिक्षकहरूको माग र समाधानसहितका ६ बुँदे सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको भए पनि कार्यसूचीमा नपरेपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सरकार संसद्प्रति जबाफदेही नभएका आरोप लगाएका थिए।
प्रतिनिधि सभाको बैठकमा बोल्दै त्यसको जवाफमा बर्तौलाले सदनमा उठिरहेको विषय समाधान गर्नको लागि सरकार लागिरहेको बताए। उनले भने, ‘यो विषयमा सरकार अनुदार बनेको छैन। आज बेलुकासम्म समस्या समाधान भएर शिक्षकहरू विद्यालय फर्किँदा हामी सबैलाई सहज गर्छ। अहिले वार्ता भइरहेको छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ बैशाख २०८२, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पूर्वराजाको उक्साहटमा सडकमा पञ्चायतकालीन राष्ट्रिय गान गाइयो, कानूनी दायरामा ल्याउनु पर्छ’: सचेतक बर्तौला
टीआरसी विधेयक पीडित मैत्री भएर मात्र अघि बढ्छ : महेश बर्तौला
२०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधारणले सजिलै भेट्ने गरी वेबसाइटमा राखौँ: महेश बर्तौला
सरकारले अदालतप्रति नागरिकको भरोसा वृद्धि गर्न आवश्यक : महेश बर्तौला