लगानी सहजीकरण सम्बन्धी ऐन दुई/तीन दिनमै प्रमाणीकरण गराउनुपर्नेछ : मन्त्री शर्मा

सफल खबर संवाददाता

आइतबार, २३ असार २०८१, १४ : २७
लगानी सहजीकरण सम्बन्धी ऐन दुई/तीन दिनमै प्रमाणीकरण गराउनुपर्नेछ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रमाणीकरण गर्न ढिला गर्न नहुने बताएकी छन् ।

आइतवारको राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् । उनले समयको सिमितता रहेको भन्दै दुई, तीन दिन भित्रमा राष्ट्रपतिबाट कानून प्रमाणीकरण गराउन नसके शुन्यमा झर्ने भएकाले तत्काल संसदबाट पारित गर्नुपर्ने बताइन् ।

उनले राष्ट्रिय निकुञ्ज ऐन, वन ऐन लगायतका धेरै ऐनहरु संशोधन गर्न आवश्यक रहेको बताइन् । मन्त्री शर्माले विधेयकहरु पास गरेर जानुपर्ने अहिलेको बाध्यता भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस