काठमाडौं । अमेरिकाले चीनको आयातमाथि लागेको भन्सार कर बढाएर २४५ प्रतिशत पुर्याउने बताएको छ । ह्वाइट हाउसले भन्सार कर चीनको प्रतिकार करको जवाफमा भएको उल्लेख गरेको अमेरिकी मिडिया न्यूज विकले उल्लेख गरेको छ ।
न्यूज विकका अनुसार एक सय प्रतिसतसम्म भन्सार कर बढाउने प्रावधानमा टेकेर यत्ति पुग्ने बताइएको छ । चीनका विदेश मन्त्रालयका प्रवक्ता लिन चिआङलाई पत्रकारहरूले अमेरिकाले बढाएको भन्सार करबारेमा सोध्दा कर युद्ध अमेरिकाले सुरु गरेको र चीनले त्यसमा प्रतिकार मात्रै गरेको बताएको न्यूज विकले उल्लेख गरेको छ ।
चीनले अमेरिकी आयातमा १२५ प्रतिशत भन्सार कर लाएको छ । चीन भन्दा एक सय प्रतिशत धेरै अमेरिकाले लगाउने भएको छ । चीनले भने भन्सार कर एक अंकको खेल मात्रै भन्दै थप नलाउने बताइसकेको छ ।
विभिन्न आँकडाहरूका अनुसार चीनले विश्वमा गर्ने कुल निर्यातको १५ प्रतिशत हाराहारी निर्यात मात्रै अमेरिकामा हुने गरेको छ । बाँकी ८५ प्रतिशत अरू देशमा हुँदै आएको छ ।
चिनियाँ विज्ञ भिक्टर काओले बेलायती च्यानल ४ सँग बोल्दै यही तथ्यमा आधारित भएर बोलेका थिए, ‘अमेरिका विश्व बजार होइन, विश्व बजार अमेरिका होइन । अमेरिका बिना चीनले पाँच हजार वर्ष बाँच्यो । अब पनि बाँच्छ ।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०४ बैशाख २०८२, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दर्ताबिना ३० दिन बढी अमेरिका बसे जेल र देश निकालासम्मको सजाय
ट्रम्प नीतिविरुद्ध यसरी सुरु भयो अमेरिकाभर ‘ह्यान्डस अफ’ आन्दोलन
अमेरिकामा टिकटकको म्याद ७५ दिन थप, प्रतिबन्धबाट बच्न बेच्न आवश्यक
अमेरिका र रुसबीच युक्रेनबारे साउदी अरबमा वार्ता सुरु
अमेरिकाले हक्कानीमाथि तोकिएको इनाम हटायो
आँधीका कारण अमेरिकामा वनमा लागेको आगो नियन्त्रण बाहिर, तीन जनाको मृत्यु