काठमाडौँ । यो साता सेयर बजार १.९४ प्रतिशत बढेको छ ।
गत साता २६७० अंकमा रहेको बजार यो साता २७२२ अंकमा पुगेको छ । गत साता बजार १.२२ प्रतिशत घटेको थियो । यो साता नयाँ वर्षको पहिलो दिन भएकाले सोमबार सार्वजनिक बिदा रह्यो । वर्ष २०८२ सुरु भएपछि तीन दिन कारोबार भएकामा सबै दिन बजार बढेको छ ।
पहिलो दिन आइतबार ८.६२ अंक घटेको बजार त्यसपछि लगातार बढ्यो । मंगलबार २७.१४, बुधबार ७.०१, बिहीबार २६.४९ अंक बढ्यो । समग्रमा २०८२ सालमा कारोबार भएका तीन दिनमा बजार ६० अंक बढ्यो ।बजार बढ्दा कारोबार रकम पनि बढेको छ । आइतबार ६ अर्ब २८ करोडको कारोबार भएकोमा मंगलबार ८ अर्ब ५४ करोड, बुधबार ७ अर्ब २६ करोड तथा बिहीबार १० अर्ब ७९ करोडको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ बैशाख २०८२, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२०८२ को पहिलो कारोबार दिन बढ्यो सेयर बजार
नेप्से परिसूचक आठ अङ्कले घट्यो
सेयर बजार २६७० अंकमा
बढ्यो सेयर बजार
३.४४ अंकले घट्यो सेयर बजार
ट्रम्पको कर नीतिले ठूला सेयर बजार लागे ओरालो