मन्त्री शर्मासँग निर्माताद्वय रोहित र सरोजको भेटघाट

सफल खबर संवाददाता

विहीबार, ०६ असार २०८१, १२ : ०२
मन्त्री शर्मासँग निर्माताद्वय रोहित र सरोजको भेटघाट

काठमाडौँ । फिल्म ‘फर्कि फर्कि’ का निर्माता रोहित अधिकारी र ‘जेरी २’ का निर्माता सरोज न्यौपानेले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग भेटघाट गरेका छन् । दुवैले मन्त्रालयमै पुगेर मन्त्री शर्मासँग भेट गरेका हुन् ।

मन्त्रीसँगको भेटमा निर्माताद्वयले फिल्मको सेन्सरका क्रममा हुने कठिनाइको विषयमा कुराकानी गरेका छन् । मन्त्रीलाई नेपालमा भारतीय फिल्मको सेन्सर एक दिनमा हुने र भारतमा नेपाली फिल्मको सेन्सरका लागि विभिन्न झन्झटका कारण महिना दिन लाग्ने जानकारी गराएको निर्माता रोहित अधिकारीले बताए ।

‘हामीले मन्त्री ज्युलाई भारतमा बिना झन्झट र छिटो फिल्म सेन्सरको व्यवस्थाका लागि पहल गर्न अनुरोध समेत गरेका छौँ’ अधिकारीले थपे । यस विषयमा आफूले छिट्टै पहल थाल्ने आश्वासन समेत मन्त्री शर्माले दिएको निर्माता अधिकारीको भनाई छ ।

रोहितको फिल्म ‘फर्कि फर्कि’ अहिले प्रदर्शनरत छ भने ‘जेरी २’ छायाङ्कन तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस