टीआरएफलाई आतंककारीको सूचीमा राख्न सरकारसँग कांग्रेस सांसदको माग

सफल खबर संवाददाता

मंगलबार, १६ बैशाख २०८२, १२ : २३
टीआरएफलाई आतंककारीको सूचीमा राख्न सरकारसँग कांग्रेस सांसदको माग

काठमाडौं। काश्मिरको पहलगाममा नेपाली युवा सन्दीप न्यौपानेसहति २६ जनाको हत्यामा संलग्न रहेको लश्कर–ए–तैयवाको शाखा टीआरएफलाई आतंककारीको सूचीमा राख्न कांग्रेस सांसद राजेन्द्र बजगाईंले माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा कांग्रेस सांसद बजगाईंले टीआरएफलाई आतंककारीको सूचीमा राख्न माग गरेका हुन् ।‘सन् १९९९ डिसेम्बरमा आईसी ८१४ को हाइज्याकिङ भएको थियो । त्यस पहिले नेपालका पूर्वप्रहरी अधिकृत आमोद गुरुङले सूचित गर्नुभएको थियो त्यतिबेला ।

दुर्घटना न्यूनीकरण या पूर्वअनुमान गर्न सकिएन । पहलगाम घटनामा नेपाली दाजुभाइको मृत्यु भएको परिस्थिति छ,’ सांसद बजगाईंले भने, ‘नेपाली सेनाले पाकिस्तानी सेनासँग संयुक्त अभ्यास पनि गर्छ ।

लश्कर–ए–तैयवासम्बन्धी टीआरएफले हमलाको स्वीकार गरेको छ । त्यसकारण टीएआरफलाई आतंककारीको सूचीमा राख्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु।’

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस