सुनको मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

मंगलबार, १६ बैशाख २०८२, १० : ३८
सुनको मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

जसअनुसार छापावाल सुन मंगलबार तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको थियो । 

यस्तै मंगलबार चाँदीको मूल्य तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ । सोमबारकै मूल्यमा मंगलबार पनि चाँदी कारोबार भएको हो।