गुणाकर भट्टलाई गर्भनर बनाउन निलमलाई अन्यत्रै आर्कषक अफर

सफल खबर संवाददाता

सोमबार, १५ बैशाख २०८२, ०८ : ५६
गुणाकर भट्टलाई गर्भनर बनाउन निलमलाई अन्यत्रै आर्कषक अफर

काठमाडौं । नेपाल राष्ट्र बैंकको गर्भनर कांग्रेसलाई दिएर सरकार टिकाउने भगीरथ प्रयन्नमा लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले कायममुकायम गभर्नर रहेकी डा. नीलम ढुंगानालाई अन्य आर्कषक नियुक्ति दिने वचन दिएका छन् ।

आफु र अर्थमन्त्री विष्णु पौडेलले पहिलो महिला गर्भनर बनाएर राष्ट्र बैंकमा निलमलाई नै ल्याउन चाहेपनि सत्ता गठबन्धनभित्रको बाध्यताले नसक्ने अवस्था आएको भन्दै निलम फकाउने प्रयास थालेका छन् । कांग्रेस सभापति शेरवहादुर देउवाको थाएल्यान्ड भ्रमण अगाडी नै ओली र देउवाका बीचमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। गुणाकर भट्टलाई गर्भनर बनाउने समझदारी बनेको थियो ।

अर्थमन्त्री पौडेलले राष्ट बैंकका कायममुकायम गर्भनर निलम ढुंगानालाई मन्त्रालयमा बोलाएर गुणाकरको राजीनामा स्वीकृत गराउन लगाउने, निलमलाई अन्य आर्कषक नियुक्तिको अफर गर्ने र एक साताभित्रै गभर्नर नियुक्तिको काम सक्ने सहमति बनेको थियो ।

तर गुणाकर भट्टलाई गर्भनर बन्न सिफारिस भन्दा पहिले नै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पद छोडिसक्नुपर्ने बाध्यता आईलागेको छ । अन्यथा उनले उक्त पद लिन नसक्ने र अदालतमा समेत उनका विषयमा मुद्दा पुगेपछि कांग्रेस शसंकित भएको थियो ।

कायममुकायम गर्भनर रहेकी डा निलम ढुंगानालाई पनि गुणाकर भट्टको राजीनामा स्वीकृत गरेर मुखैमा आएको गर्भनर पद अर्कालाई सुम्पन गाह्रो भएपछि प्रधानमन्त्री र अर्थमन्त्री दुवै निलम फकाउन लागेका छन् ।

देउवा सहितका कांग्रेस नेताहरु सरकारी नियुक्ति भागवन्डामा ओली हावी भएको र गर्भनर कुनै शर्तमा पनि छोडन नसक्ने अडानमा रहेपछि प्रधानमन्त्री अप्ठ्यारोमा परेका थिए । अन्ततः देउवा थाइल्यान्डबाट फर्केपछि फेरि दुई नेताका बीचमा निलम फकाएर भएपनि गर्भनर गुणाकरलाई नै बनाउने सहमति जुटेको छ ।

शनिबार बेलुकी प्रधानमन्त्री ओली र काग्रेस सभापति देउवाका बीचमा बालुवाटारमा झण्डै दुई घण्टा लामो छलफल भएको थियो । शुरुमा एक्लाएक्लै छलफलमा बसेका ओली र देउवाले त्यसपछि निकट सहयोगीका रुपमा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई पनि साथमा राखेर छलफल गरेका थिए ।

सोही छलफलमा अर्थमन्त्री पौडेलले राष्ट बैंकका कायममुकायम गर्भनर निलम ढुंगानालाई मन्त्रालयमा बोलाएर गुणाकरको राजीनामा स्वीकृत गराउन लगाउने, निलमलाई अन्य आर्कषक नियुक्तिको अफर गर्ने र एक साताभित्रै गभर्नर नियुक्तिको काम सक्ने सहमति बनेको थियो । सोही सहमति पछि राष्ट बैंकको बार्षिक उत्सव सकिने वित्तिकै अर्थमन्त्री पौडेलले कायममुकायम गर्भनर निलमलाई मन्त्रालय बोलाएर गुणाकरको राजीनामा स्वीकृत गरिदिन निर्देशन गरेका थिए ।

गुणाकरको राजीनामा स्वीकृत गर्ने नगर्ने कायममुकायम गर्भनर निलमको हातमा छ । उनी आफैसाग प्रतिस्पर्धामा आउन लागेका गुणाकरको राजीनामा स्वीकृत नगरी रोक्ने पक्षमा थिइन् । तर मन्त्री पौडेलले उनलाई गर्भनर एमालेले बनाउन खोजेपनि सरकारको बाध्यता बुझिदिन आग्रह गरेका थिए । उनलाई पनि कुनै आर्कषक नियुक्ति दिलाउने बचन अर्थमन्त्री पौडेलले गरेका थिए ।

जवाफमा कायममुकायम गर्भनर निलमले खास केही बोलेकी छैनन । तर, उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री पौडेलले गुणाकरको राजीनामा स्वीकृत गर्न निर्देशन दिएपछि सम्भवतः उनले त्यसको पालना गर्ने मन्त्रालय स्रोतको भनाइ छ  ।

निलमलाई अन्यत्र नियुक्ति नदिदाँ गुणाकरको राजीनामा स्वीकृत नहुने र उनको राजीनामा स्वीकृत नभए गर्भनर बन्न कानुनी अवरोध आउने देखेपछि कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीका बीचमा भएको सहमति अनुसार नै अर्थमन्त्रीले गुणाकरको राजीनामा स्वीकृतका लागि दवाव बढाएका हुन् ।

राष्ट्र बैंक आफैँमा स्वायत्त निकाय भएको र देशको आर्थिक तथा वित्तीय क्षेत्रको नियामक निकाय पनि रहेकाले प्रमुख सत्ता साझेदार दलले आफूपरस्तलाई गर्भनर बनाउन जोडबल गरिरहेका हुन् ।

प्रतिक्रिया दिनुहोस