काठमाडौँ । कैलालीमा लागुऔषधसहित ७७० जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार एक वर्षको अवधिमा लागुऔषधसहित ७७० जनालाई पक्राउ गरिएको छ भने ११ करोड बढीको अवैध सामान बरामद गरिएको छ ।
लागुऔषध दुर्व्यसनी सम्बन्धी पाँच सय पाँच वटा मुद्दा दर्ता भएका छन् । ती मुद्दामा ८३ जना महिला र ६८७ जना पुरुष गरेर सात सय ७० जनालाई पक्राउ गरेर मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
एक वर्षको अवधिमा सबैभन्दा धेरै ७४ किलो ७४८ ग्राम चरेस बरामद गरिएको छ भने तीन किलो २४० ग्राम गाँजा बरामद गरिएको छ । यस्तै, ६४४ ग्राम ६५७ मिलीग्राम खैरो हेरोइन, लागुऔषधको रूपमा प्रयोग हुने सात हजार ९८० विभिन्न खालका प्रतिबन्धित ट्याबलेट र १५ बोतल ओनेरेक्स समेत बरामद गरिएको छ ।
लागुऔषध दुर्व्यसनीपछि कैलालीमा सबैभन्दा भयावह भारतबाट हुने चोरी तस्करी रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ । यो अवधिमा जिल्ला प्रहरी कार्यालयले मातहतका युनिटबाट समेत गरेर ११ करोड बढीको अवैध सामान बरामद गरेर कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ ।
तथ्यांकअनुसार प्रहरीले ११ करोड पाँच लाख ९ हजार ८४५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट अवैध रूपमा सामान ओसारपसारमा संलग्न ८६ सवारीसाधनसहित ३६ जनालाई पक्राउ समेत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०८२, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुकुम पश्चिममा ७५ रोपनीमा लगाइएको अफिमखेती नष्ट
लागुऔषधसहित तीन जना पक्राउ
लागुऔषधसहित ४ जना पक्राउ
लागुऔषधको कारोबार गरेकाे आराेपमा युवती र किशोर पक्राउ
गोली हानेर १ जना लागुऔषध कारोबारी पक्राउ, अर्का फरार
अवैध लागुऔषधसहित तीन जना पक्राउ