काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीले नेपालमा इन्टरनेट व्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को सम्भावनाको अध्ययन गर्न समिति गठन गरेकी छन् । सञ्चार मन्त्रीलेको रूपमा दोस्रो कार्यकालको पद बहालीसँगै मन्त्री रेखा शर्माले महत्त्वपूर्ण निर्णय गर्दै समिति गठन गरेकी हुन् ।
नेपालमा हाल १२२ भन्दा बढी इन्टरनेट सेवा प्रदायक (आइएसपी) हरूले इन्टरनेट सेवा प्रदान गर्दै आइरहेका छन् । अत्यधिक सङ्ख्यामा रहेका आइएसपीहरुले विभिन्न अन्तर्राष्ट्रिय व्याण्डविथ सेवा प्रदायकरविक्रेताहरुबाट इन्टरनेट व्याण्डविथ खरिद गर्दा मूल्य र गुणस्तरमा एकरूपता नभएको अवस्था छ ।
नेपाल सरकारले इन्टरनेट मार्फत भित्रने कन्टेन्टको अनुगमन, निगरानी, नियमन र नियन्त्रित प्रयोगको लागि समेत आवश्यक र उचित प्रबन्ध गर्नु पर्नेमा उनीहरूको जोड छ । अध्ययन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गौरव गिरी रहेका छन् ।
सदस्यमा मन्त्रालयका उपसचिव नारायण तिमिल्सिना, उपसचिव विजय भुर्तेल, प्राधिकरणका उपनिर्देशकहरू प्रदीप पौड्याल र विनोद चन्द्र श्रेष्ठ तथा सदस्य सचिवको रूपमा मन्त्रालयका इलेक्ट्रोनिक इन्जिनियर पंकज चन्द्र रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ फागुन २०८०, १९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगानी सहजीकरण सम्बन्धी ऐन दुई/तीन दिनमै प्रमाणीकरण गराउनुपर्नेछ : मन्त्री शर्मा
मन्त्री शर्मासँग निर्माताद्वय रोहित र सरोजको भेटघाट
मनसुनजन्य घटनाका समयमा समन्वय र सहकार्य गरी काम गर्न मन्त्री शर्माको निर्देशन
बजेटले हामी कता जाँदैछौं भन्ने प्रारम्भिक खाका स्पष्ट गरेको छ : सञ्चारमन्त्री रेखा शर्मा
सम्पत्ति विवरण बुझाउँदा २ लाख हुनुपर्नेमा २० लाख भएछ : मन्त्री शर्मा
सुशासनका पक्षमा उभिएकाले राजश्व बढाउन सफल भयौं : मन्त्री शर्मा