काठमाडौं । आज बिहान साढे ११ बजे सार्वजनिक हुने भनिएकाे नेपाल विद्युत् प्राधिकरणको श्वेत पत्र रोकिएको छ । नेपाल विद्युत् प्राधिकरणले सबै पत्रकारलाई आज बिहान साढे ११ बजे श्वेत पत्र सार्वजनिक गर्ने भनेर निमन्त्रण गरेको थियो ।
तर, आज बिहान प्राधिकरणबाट नै प्राविधिक कारणले आज श्वेतपत्र सार्वजनिक नहुने भनेर सूचना आएको थियो । कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सचिवालयले प्राविधिक कारणले श्वेतपत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको भन्दै सूचना पठाएको थियो ।
नेपाल प्रेसले समय नै तोकेर आज साढे ११ बजे सार्वजनिक गर्ने भनेको श्वेत पत्र किन सार्वजनिक भएर भनेर प्रश्न गर्दा शाक्यले तयारी पूरा नभएकाले आज श्वत पत्र सार्वजनिक नभएको बताए ।
उनले भने, ‘श्वेत पत्रको लागि हिजो अबेरसम्म काम भयो । तर, श्वेत पत्रको सांरश लेख्न भ्याइएन । अब आज सबै काम सकाएर भोलि सार्वजनिक हुन्छ ।’
प्राधिकरणको सञ्चालक समितिबाट श्वेतपत्र केही संशोधन भएर पास भइसकेको छ । स्रोतका अनुसार हाल तयार भएको श्वेत पत्रले ऊर्जा मन्त्री दीपक खड्कालाई केही अप्ठ्यारो पर्ने भएकाले रोकिएको हो । त्यसलाई करेक्सन गरेपछि श्वेत पत्र सार्वजनिक हुने भएको हो ।
सरकारको बर्खास्तमा परेका कुलमान घिसिङको पालामा भए गरेका आर्थिक एवं प्राविधिकलगायतका विवरण समेटेर आज श्वेतपत्र सार्वजनिक गर्ने तयारी रहेको थियो । अब भोलि सार्वजनिक गर्ने तयारी प्राधिकरणले गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ बैशाख २०८२, १५ : ०२
लेखकबाट थप