‘पूर्वराजाको उक्साहटमा सडकमा पञ्चायतकालीन राष्ट्रिय गान गाइयो, कानूनी दायरामा ल्याउनु पर्छ’: सचेतक बर्तौला

सफल खबर संवाददाता

मंगलबार, २७ फागुन २०८१, १४ : ००
‘पूर्वराजाको उक्साहटमा सडकमा पञ्चायतकालीन राष्ट्रिय गान गाइयो, कानूनी दायरामा ल्याउनु पर्छ’: सचेतक बर्तौला

काठमाडौं। नेकपा (एमाले)ले पूर्वराजा ज्ञानेन्द्र साहको उक्साहटमा भइरहेका संविधान विरोधी क्रियाकलाप नियन्त्रणमा लिन सरकारको ध्यानाकर्षण गराएको छ ।

राष्ट्रिय गानको अवमूल्यनगरी पञ्चायतकालीन राष्ट्रिय गान बजाउनेलाई कानूनी दायरामा ल्याउनु पर्ने एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले बताए ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा एमाले संसदीय दलका मुख्य सचेतक बर्तौलाले पूर्वराजा ज्ञानेन्द्रको उक्साहटमा सडकमा गणतन्त्र विरोधी गतिविधि भएको बताएका हुन् ।

 

 

 

 

 

‘संविधानमा राष्ट्रहित प्रतिकूल गरिने कामलाई दण्डनीय मानेको छ, पूर्वराजा ज्ञानेन्द्रको निर्देशन र उक्साहटबाट संविधान विपरीतका काम भएका छन् । राष्ट्रिय गानको अवमूल्यन गरेर पञ्यातकालीन राष्ट्रिय गान भएको छ’ बर्तौलाले भने, ‘यी सबै काम गर्न पूर्वराजाले उक्साएका छन् । कानूनी दायरामा ल्याउन जरुरी छ ।’

बर्तौलाले संग्रालयमा थन्किएको राजतन्त्रलाई हुकुम परमांगीबाट शासन चलाउने दिवास्वप्ना नदेख्न बर्तौलाले राजावादीलाई चेतावनी दिए । 

 

 

 

प्रतिक्रिया दिनुहोस