काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँमा दुई जना एसपी राख्ने निर्णय गरिएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले भद्रकालीस्थित परिसरको कार्यालयमा दुई जना एसपी राख्ने निर्णय गरेका हुन् ।
दुई जना एसपी राख्ने निर्णय भएसँगै डीएसपीबाट एसपीमा बढुवा भएका कुलदीप चन्दलाई परिसरमा काज सरुवा गरिएको छ । केही दिनअघि मात्र परिसरमा एसपी अपिल राज बोहरा सरुवा भएर आएका थिए ।
२०७८ कार्तिकमा तत्कालीन एसएसपी चक्रबहादुर सिंह नेतृत्वको समितिले काठमाडौँ परिसरमा सामाजिक अपराध, आर्थिक अपराध र जघन्य अपराध हेर्नेगरी ३ जना डीएसपी र मुद्दा फाँटको समग्र कमान्ड गर्न एसपी खटाउन सिफारिस गरेको थियो ।
मुद्दा हेर्ने एसपीलाई काठमाडौँका डीएसपी इन्चार्ज हुने १४ वटा वृत्तहरूको पनि मुद्दा अनुगमन गर्ने जिम्मेवारी दिनुपर्ने समितिको सिफारिस थियो ।
पेशेवर अपहरणकारी समूहका सदस्य दुर्गाबहादुर बुढाथोकीले पर्याप्त प्रमाणको अभावमा सफाइ पाएको घटनापछि अनुसन्धानमा हुने कमजोरी न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले बताए ।
यसअघि, २०७८ चैतमा तत्कालीन एसपी सानुराम भट्टराईलाई मुद्दा हेर्नेगरी सरुवा गरिएपनि उनी गएका थिएनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ माघ २०८१, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीमा ३७ जना एसपीमा बढुवा सिफारिस, कोको परे? (सूचीसहित)
सशस्त्रका चार एसपी हेडक्वार्टर तानिए
एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन
एपीएफका १८ एसपी र २ सय ३७ जना डीएसपीको सरुवा (सूचीसहित)
चारजना एसपी एसएसपीमा बढुवा सिफारिस
एसपी मोहन कुमार थापा पुरस्कृत