काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालका चार जिल्लाका एसपीहरू छानबिनमा तानिएका छन् । तराईका चार फरक जिल्लाका एसपीहरूलाई सशस्त्र हेडक्वाटर हल्चोक तानेर छानबिन सुरु गरिएको छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता एवं नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेका अनुसार छानबिनमा तानिनेहरूमा धनुषाका एसपी दर्शन गरी, मोरङका एसपी विश्व खड्का, बाराका एसपी सन्तोषबहादुर सिंह र बाँकेका एसपी विमल डाँगी छन् ।
उनीहरूमाथि केही बुझ्नुपर्ने भएकाले हेक्वाटर झिकाइएको डिआइजी न्यौपानेले बताए।
उनीहरूमाथि केही आर्थिक अनियमितता तथा राजश्व गडबडी गरेको भन्ने आरोप लागेको बताइएको छ ।
डिआइजी) कुमार न्यौपानेका अनुसार उनीहरूमाथि छानबिन भइरहेको भन्दै अहिले ती जिल्लाको एसपीको रूपमा कसैलाई पनि पठाइएको छैन। छानबिनपछि निर्दोष देखिए उनीहरूलाई नै फिर्ता गरिने र दोषी देखिए कारबाही गरेर नयाँ एसपीहरू पठाउने हेडक्वाटरको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० पुस २०८१, १८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरी परिसर काठमाडौँमा दुई जना एसपी राख्ने निर्णय
प्रहरीमा ३७ जना एसपीमा बढुवा सिफारिस, कोको परे? (सूचीसहित)
एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन
एपीएफका १८ एसपी र २ सय ३७ जना डीएसपीको सरुवा (सूचीसहित)
चारजना एसपी एसएसपीमा बढुवा सिफारिस
एसपी मोहन कुमार थापा पुरस्कृत