काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले १८ जना सशस्त्र प्रहरी उपरीक्षक र २ सय ३७ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरूको सरुवा गरेको छ । निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल कमान्ड जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकहरूलाई कमान्ड जिम्मेवारी भन्दा अन्यत्र सरुवा गरिएको छ ।
सशस्त्र प्रहरी नायव उपरीक्षकहरूलाई गत असोज १ गते प्रकाशित सशस्त्र प्रहरी नायव उपरीक्षकहरूको कमान्ड पूर्वानुमान सुचीको आधार मानी असार ९ गते सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरूमा सरुवा गरिएको हो ।
२ वर्ष अवधि पुरा भएका र कमान्डको जिम्मेवारीमा रहेका नायव उपरीक्षकहरूको एकै पटक सरुवा गरिएको हो । सरुवा गरिएका मध्ये १४ जनाले आश्रित गुल्म र २६ जनाले अनाश्रित गुल्मको जिम्मेवारी पाएका छन् ।
पूर्वानुमान सूची अनुसार कमान्ड जिम्मेवारीमा खटिन बाँकी रहेका र अन्य सशस्त्र प्रहरी नायव उपरीक्षकहरूलाई समेटी आगामी कमान्डको लागि संगठनले छिट्टै नयाँ पूर्वानुमान सूची प्रकाशन गर्ने योजना रहेको छ ।
सशस्त्र प्रहरी बल नेपालले विगत २ वर्षदेखि सशस्त्र प्रहरी उपरीक्षकदेखि निरीक्षकसम्म करिब १० महिना अघिदेखि नै ज्येष्ठता क्रम अनुसार कमान्ड पूर्वानुमान सुची प्रकाशित गरी सोही अनुसार कमान्डमा पठाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० असार २०८१, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एपीएफ राष्ट्रिय भलिबलको फाइनलमा