एसपी मोहन कुमार थापा पुरस्कृत

सफल खबर संवाददाता

बुधबार, १६ जेठ २०८१, १२ : ०३
एसपी मोहन कुमार थापा पुरस्कृत

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी उपरीक्षक (एसपी) मोहन कुमार थापा पुरस्कृत भएका छन् । गण्डकी प्रदेश कार्यालयले उनलाई कास्कीको शान्ति सुरक्षा विपद्‌मा उद्धारको कार्यमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पुरस्कृत गरेको हो ।

गणतन्त्र दिवसको अवसर पारेर मुख्यमन्त्री खगराज अधिकारीले उनलाई २५ हजार नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस