सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । अध्यक्ष मण्डलका सदस्य विष्णु रिजालले सिटी हलमा मतगणना सुरु भएको जानकारी दिए ।
प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी एमालेको कर्णाली प्रदेशको प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार राति मतदान भएको थियो । सोमबार बिहान आठ बजेदेखि मतगणना सुरु गर्ने भनिए पनि प्राविधिक तयारीका कारण केही घण्टा ढिलो सुरु गरिएको हो ।
नेतृत्व चयनका लागि आइतबार दिउँसो २ बजेखि राति ९ बजेसम्म मतदान भएको थियो । ६०९ जना मतदानमा सहभागी भएका थिए । प्रदेश अध्यक्षका लागि सल्यानका गुलावजंग शाह, कालिकोटका मिनबहादुर शाही र कालिकोटकै प्रकाश रोकाय प्रतिस्पर्धामा छन् । शाह र शाही प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असोज २०८०, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले देशभरका वडामा जनचेतना फैलाउने
एमाले प्रचार विभाग सचिवबाट पाण्डेले दिए राजीनामा
सरकार परिवर्तनकाे कुनै सम्भावना छैन: एमाले प्रमुख सचेतक
एमाले सचिवालयको बैठक बस्दै
पर्फमेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न आवश्यक छैन : रघुजी पन्त
रसुवा एमालेमा पहिरो, एकपछि अर्काे नेताले छोडन थाले पार्टी