काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा जारी छ ।
शुक्रबारदेखि संसद्को बजेट अधिवेशन प्रारम्भ भएको सन्दर्भमा प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा जारी दलको बैठक आगामी आर्थिक वर्षका निम्ति प्रस्तुत हुने नीति तथा कार्यक्रम, आयव्ययको विवरण (बजेट) र सदन सञ्चालनमा केन्द्रित रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
बैठकमा दलका नेता ओलीले सदनमा हुने छलफलमा पार्टीको सक्रिय सहभागिता, वर्तमान परिस्थितिलाई बुझेर जनताका समस्या उठान र तिनको समाधानका उपायका साथै दलका सदस्य र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका सम्बन्धमा मन्तव्य व्यक्त गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ बैशाख २०८२, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
एमाले नेताहरुको भूमिगत अनुभव समेटिएको पुस्तक सेल्टर सार्वजनिक
एमाले विराटनगरको अध्यक्षमा बलराम गिरी विजयी
काँग्रेस नेताहरूको असन्तुष्टिबारे संयन्त्रमै छलफल गर्दा राम्रो हुन्छ’: नेकपा एमाले
वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन
एमालेको सचिवालय बैठक बस्ने