बिराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटीको अध्यक्षमा बलराम गिरी (नवीन) निर्वाचित भएका छन्।
गएराति सार्वजनिक निर्वाचनको मत परिणाम अनुसार गिरी अध्यक्षका अर्का प्रत्याशी रोहित कोइरालालाई पराजित गर्दै निर्वाचित भएका हुन्।महानगर कमिटीको नेतृत्व चयनका लागि नेकपा दुई प्यानल प्रतिस्पर्धामा थिए।
कोइरालालाई ५२ मतान्तरले पराजित गर्दै गिरी अध्यक्षमा निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ।
यस अघिको कार्यकालमा एमाले विराटनगर नगर कमिटीको सचिवको भूमिकामा रहेका गिरीले १७३ र यस अघिका अध्यक्ष कोइरालाले १२१ मत प्राप्त गरेका छन्।
त्यसैगरि उपाध्यक्षमा सुरज न्यौपाने र सचिवमा विज्ञान चापागाईँ निर्वाचित भएका छन्। उपसचिव खुल्लामा हमिद आजाद र उपसचिव महिलामा हिमा मैनाली पोखरेल निर्वाचित भएका छन्। ने
निर्वाचित सबै पदाधिकारी संस्थापन इतर प्यानल अर्थात् विनोद ढकाल प्यानलका उम्मेदवार हुन्। यसअघि महानगर कमिटीका ६८ सदस्य निर्विरोध निर्वाचित भएका थिए।
अधिवेशनमा ३१४ प्रतिनिधि मध्ये ३०८ जनाले मतदान गरेका थिए। महानगर अधिवेशन वैशाख २ गते नेकपा एमाले मोरङ पार्टी कार्यालय पाञ्चालीमा उद्घाटन भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ बैशाख २०८२, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस नेताहरूको असन्तुष्टिबारे संयन्त्रमै छलफल गर्दा राम्रो हुन्छ’: नेकपा एमाले
वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन
एमालेको सचिवालय बैठक बस्ने
दोषी भए पूर्वराजालाई नागरिक जसरी दण्डको भागीदार बनाउँछौं: ईश्वर पोखरेल
‘दुर्गा प्रसाईँ पक्राउ परे, अब पूर्वराजालाई पनि कानूनी दायरामा ल्याउनुपर्छ’: एमाले
बुटवलमा आज एमालेको जागरणसभा, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्वोधन गर्ने