भ्रष्ट्राचारविरुद्ध अभियान चलाउँदा सरकारलाई चौतर्फी घेराबन्दी भयो : सञ्चारमन्त्री शर्मा

सफल खबर संवाददाता

शनिबार, १३ जेठ २०८०, १३ : २७
भ्रष्ट्राचारविरुद्ध अभियान चलाउँदा सरकारलाई चौतर्फी घेराबन्दी भयो : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारलाई चौतर्फी घेराबन्दी भएको बताएकी छन् । प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय सधारण सभा तथा २१औं कृष्णसेन इच्छकु स्मृति दिवसको अवसरमा शंखरापुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा सरकार घेराबन्दीमा परेको बताएकी हुन् ।

‘विगतमा जनताको मुक्ति आन्दोलनलाई मिसन बनायौं, आजको युगमा फरक तरिकाले अघि बढ्न खोजेका छौं । चुनौतीहरु अझ डरलाग्दा छन् । त्यसैले एकताबद्ध भएर लड्नुपर्ने छ । त्यसलाई अझ व्यवस्थित बनाउनुपर्ने भएको छ,’ उनले थपिन् ।

विगतमा हालीमुहाली गरेकाहरुले घेराबन्दी गर्नु स्वाभाविक भएको भन्दै उनले सरकारले गरेका राम्रा कामको व्यवस्थित ढंगले प्रचारप्रसार गर्नुपर्नेमा जोड दिइन् ।सरकारको प्रवक्ता समेत रहेकी भएका शर्माले संसदमा सानो संख्यामा भए पनि माओवादी केन्द्र नेतृत्वको सरकारले गुणात्मक ढंगले महत्वपूर्ण काम गरिरहेको पनि बताइन् ।

गलत कामको खबरदारी र राम्रा कामलाई पार्टी, प्रचार मोर्चाबाट व्यवस्थित ढंगबाट प्रचार गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस