ललितपुर । सञ्चार तथा सचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाइनु नहुने बताएकी छन् । बिहीबार ललितपुरमा आयोजित विज्ञापनमा लैङ्गिक उत्तरदायित्व विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले कुनै पनि कुराको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने अवस्था आउन दिन नहुने बताएकी हुन् । उनले भनिन्, ‘विज्ञापनको कन्टेन्ट लैङ्गिक संवेदनशील हुनुपर्छ । त्यसले कुनै विषयमा कतैपनि घोचपेच गरिएको हुनुहुँदैन ।
हाम्रो संविधान र कानुनमा भएको कुरा उल्लङ्घन भएको हुनुहुँदैन । महिलालाई विज्ञापनको साधन बनाउनु हुँदैन । कुनै पनि कुराको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने किन ? विभिन्न खाले विज्ञापन हुन्छन् । महिलाहरूको सुन्दरताका कारणले पनि होला भन्नुभयो, तर त्यसो हो जस्तो मलाई लाग्दैन । सुन्दरता हरेक वस्तुमा हुन्छ, पुरुषमा हुन्छ, महिलामा हुन्छ । समाजका हरेक वस्तुमा हुन्छ, सुन्दरताकै कारण विज्ञापनको साधन बन्नुपर्छ भन्ने कुरा आफैँमा बेठिक छ । विज्ञापन कसैलाई घोचपेच गरेर आउनु हुँदैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ बैशाख २०८०, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगानी सहजीकरण सम्बन्धी ऐन दुई/तीन दिनमै प्रमाणीकरण गराउनुपर्नेछ : मन्त्री शर्मा
मन्त्री शर्मासँग निर्माताद्वय रोहित र सरोजको भेटघाट
मनसुनजन्य घटनाका समयमा समन्वय र सहकार्य गरी काम गर्न मन्त्री शर्माको निर्देशन
बजेटले हामी कता जाँदैछौं भन्ने प्रारम्भिक खाका स्पष्ट गरेको छ : सञ्चारमन्त्री रेखा शर्मा
सम्पत्ति विवरण बुझाउँदा २ लाख हुनुपर्नेमा २० लाख भएछ : मन्त्री शर्मा
सुशासनका पक्षमा उभिएकाले राजश्व बढाउन सफल भयौं : मन्त्री शर्मा