काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को अध्यागमन विभागको प्रशासनिक सफ्टवेयर, सर्भर डाउन हुन पुगेको छ । सोमबार दिउँसो करिब १ बजेदेखि विमानस्थलको अध्यागमन विभागमा सफ्टवेयरमा समस्या आउँदा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुन पुगेको टीआईएका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
‘केही समयदेखि अध्यागमनको सफ्टवेयरमा समस्या देखिएको छ । समस्या समाधानका लागि अहिले प्राविधिक टोलिहरु खटिरहेका छन् । तथापि, अबको केही छिन्मा नै समस्या समाधान हुनेमा आशावादी छौं’ सिटौलाले भने ।
तर, यस समस्याले अध्यागमनको डिपाचर, इम्रिग्रेसनको काम रोकिँदा उडानहरू समेत प्रभावित हुन पुगेको उनले जानकारी दिए । टीआई, अध्यागमनमा सञ्चालित सफ्टवेयर पनि सिंहदरबारकै भएकाले उता समस्या आउँदा यता पनि सोहीँ समस्या देखिएको प्रवक्ता सिटौलाको भनाइ छ ।
‘सिंहदरबारबाट सञ्चालित सरकारीसर्भरमा पटक पटक समस्या आइरहेको छ । यसअघि पनि यस्तै समस्या आएको थियो । अहिले फेरि सोही समस्या दोहोरिएको छ, यसको छिटो समाधानको खोजी जारी छ’ उनले भने ।
उसो त गत माघ १५ गते प्रायः सबै सरकारी वेबसाइटहरू एकैपटक डाउन हुँदा त्रास मच्चिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ फागुन २०७९, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
भारी वर्षाले हवाई उडान प्रभावित
त्रिभुवन विमानस्थल आधा घण्टा बन्द हुने
त्रिभुवन विमानस्थल खुल्यो
उपप्रधानमन्त्री लामिछानेले गरे त्रिभुवन विमानस्थलको अनुगमन