काठमाडौँ । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ । विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको हो ।
विमान आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौं फिर्ता गर्नु परेको हो । विमान ११ः१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन(एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो ।
इन्जिनमा समस्या देखिएपछि काठमाडौंबाट १०ः ३८ मा उडेको विमानलाई अवतरणका दौरान त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो । सोहीकारण विमानहरुलाई होल्ड गराउनु परेको विमानस्थल स्रोतले जनाएको छ । हाल प्राविधिक टोलीले विमानको जाँच गरिरहेको समेत कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ पुस २०८१, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
भारी वर्षाले हवाई उडान प्रभावित
त्रिभुवन विमानस्थल आधा घण्टा बन्द हुने
त्रिभुवन विमानस्थल खुल्यो
उपप्रधानमन्त्री लामिछानेले गरे त्रिभुवन विमानस्थलको अनुगमन