त्रिभुवन विमानस्थल खुल्यो

सफल खबर संवाददाता

शुक्रबार, ११ जेठ २०८१, १५ : ०१
त्रिभुवन विमानस्थल खुल्यो

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा परेको खाल्डो पुरेपछि सबै उडान अवतरण पुनः सुरु भएको छ । धावनमार्गको लगभग बीच भागमा सानो आकारको खाल्डो परेपछि पौने घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको थियो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले धानवमार्गको ०२ (कोटेश्वरपट्टि) भागमा परेको खाल्डो पुरेपछि उडान अवतरण सबै खुलेको छ । विमानस्थलका अनुसार काठमाडौँ आइरहेका धेरै वायुसेवा कम्पनीका जहाज ‘होल्ड’ भएका थिए ।

थाइल्यान्डको बैंककबाट आइरहेको थाई एयरवेज, मलेसियाको क्वालालम्पुरबाट आइरहेको मलेसिया एयरलाइन्स लगायत होल्ड गरेका थिए भने आन्तरिकतर्फ बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायत पनि होल्डमा थिए ।