धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । सत्ता साझेदार दलमा मन्त्रालयको भागबण्डा मिलाएर मुख्यमन्त्री यादवले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
मन्त्रीहरुको नियुक्तिपछि आजै ४ बजे पद तथा गोपनीयताको शपथ ढिलाउने कार्यक्रम रहेको छ । भागबण्डाअनुसार जनमत पार्टीका महेश प्रसाद यादव शिक्षा, विज्ञान प्रविधि तथा बाणिज्य मन्त्री बन्ने भएका छन् । यस्तै सोही पार्टीका सञ्जय कुमार यादव भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बन्ने भएका छन् ।
यसैगरी जसपाबाट समाजिक विकास मन्त्रालयको जिम्मेवारी सिंहासन साह कलवारले पाउने भएका छन् । यसैगरी सुरिता साहलाई खानेपानी तथा ऊर्जा विकासमन्त्री बनाइने भएको छ ।
यसैगरी एमालेबाट गृह तथा सञ्चार राज्यमन्त्री मोहमद जइद आलम बन्ने सहमति हुँदा गृह तथा सञ्चारमन्त्री राजकुमार लेखी बन्ने भएका छन् । यस्तै महिला बालबालिका तथा युवा खेलकुद मन्त्रालयमा सत्रुधनसिंह कोइरीलाई पठाइने भएको छ ।
यस्तै संसदीय मामिला मन्त्रालयमा भने अझै सहमति जुटेको छैन । सो मन्त्रालय मुख्यमन्त्री आफैँ राख्ने कि एमालेलाई दिने भन्नेमा सहमति जुन हुँबी रहेको बताइएको छ ।
उद्योग पर्यटन तथा वन मन्त्रालयमा माओवादीका भरत प्रसाद साहको नाम आउँदा सुनिता यादव राज्यमन्त्री बन्ने बताइएको छ । यद्यपि माओवादीले भागबण्डामा चित्त नबुझाएको एक नेताले बताए ।
भागबण्डा नमिल्दा मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० माघ २०७९, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशमा माछा र दूधको उत्पादन बढ्यो
मधेस प्रदेश सभाको चौथो अधिवेशन सुरु
मधेस प्रदेशमा धान उत्पादन बढ्यो
मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन हुने
प्रधानमन्त्री ओलीले अर्ब घुस खाँदा केही नहुने रहेछ : रामेश्वर राय यादव
मैथिली विकास कोषको निर्माणाधीन भवनको मुख्यमन्त्री सिँहद्वारा निरीक्षण