मुख्यमन्त्रीद्वारा मिर्चैयाका अस्पताल अनुगमन: दुई जना पक्राउ

रासस

आइतबार, १७ चैत्र २०८१, १० : ३९
मुख्यमन्त्रीद्वारा मिर्चैयाका अस्पताल अनुगमन: दुई जना पक्राउ

सिराहा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिराहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पताल तथा पूर्व-पश्चिम राजमार्ग केन्द्रित होटलको अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भएका छ ।  सिद्धकामना हस्पिटलका दुई कर्मचारीलाई पक्राउ गरिएको छ । अनुगमन टोली देखेपछि अस्पताल भर्ना भएका बिरामी छोडेर उनीहरू भागेका थिए ।

यसैगरी, अनुगमन टोलीले मिर्चैयास्थित कटारी चोकमा सञ्चालित मुंगेरिया स्वीट्स एन्ड चाट हाउस सिल गरेको छ । अखाद्य तथा कुहिएका वस्तु प्रयोग गरिएको र जथाभाबी फोहर मैला भेटिएपछि चाट हाउस गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस