महेन्द्रनगर (धनुषा) । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पेस गरेको छ ।जनकपुरधामस्थित आयोगका सदस्य टुन्जे कामी बराइलीले प्रदेश प्रमुखको कार्यालयमा बुधबार प्रदेश प्रमुख भण्डारीसमक्ष प्रतिवेदन पेस गर्नुभएको हो ।
नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस गरिएको हो । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भण्डारीले भन्नुभयो, “मधेसमा रहेका दलित समुदायको समस्या अन्य क्षेत्रकाभन्दा अझ जटिल छ । प्रतिवेदनमा उल्लेख भएका समस्या कार्यान्वयन गर्न प्रदेश सरकारलाई गम्भीर बनाउने विषयमा मेरो पहल हुनेछ ।”
सातवटा परिच्छेद र छवटा अनुसूचीमा आयोगको परिचय, दलितको हक, हित र अधिकारसम्बन्धी व्यवस्था, दलितको अवस्था र राज्यका निकायमा प्रतिनिधित्व, आयोगको वार्षिक कार्यक्रम कार्यान्वयनको स्थिति, आयोगका सिफारिस तथा सुझाव र कार्यान्वयनको अवस्था, आयोगका अवसर, चुनौती र भावी कार्यदिशालगायत विषय समेटिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ चैत्र २०८१, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यमन्त्रीद्वारा मिर्चैयाका अस्पताल अनुगमन: दुई जना पक्राउ
मतपत्रमा पानी खन्याएपछि मधेस प्रदेशको मतगणना स्थगित
मधेस प्रदेशमा माछा र दूधको उत्पादन बढ्यो
मधेस प्रदेश सभाको चौथो अधिवेशन सुरु
मधेस प्रदेशमा धान उत्पादन बढ्यो
मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन हुने