रुपन्देही । नेकपा माओवादीकी नेतृ रेखा शर्माले सत्तारुढ गठबन्धनभित्र नयाँ सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी दिएकी छन् । बुटवलमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सत्तारुढ गठबन्धनले नै नयाँ सरकार बनाउने दाबी गर्दै सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी दिएकी हुन् ।
दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै वियजी भएकी शर्माले सरकारको नेतृत्व पहिला कसले गर्ने भन्ने विषयमा दलहरुबीच सहमति जुट्न बाँकी रहेको बताइन् ।
ठूलो दलको हैसियतले कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्नु स्वाभाविक रहेको प्रतिक्रिया दिएकी उनले माओवादीको तर्फबाट पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेताहरुसँग छलफल गरेर प्रधानमन्त्रीको नाम टुंगो लगाउने बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ मंसिर २०७९, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगानी सहजीकरण सम्बन्धी ऐन दुई/तीन दिनमै प्रमाणीकरण गराउनुपर्नेछ : मन्त्री शर्मा
मन्त्री शर्मासँग निर्माताद्वय रोहित र सरोजको भेटघाट
मनसुनजन्य घटनाका समयमा समन्वय र सहकार्य गरी काम गर्न मन्त्री शर्माको निर्देशन
बजेटले हामी कता जाँदैछौं भन्ने प्रारम्भिक खाका स्पष्ट गरेको छ : सञ्चारमन्त्री रेखा शर्मा
सम्पत्ति विवरण बुझाउँदा २ लाख हुनुपर्नेमा २० लाख भएछ : मन्त्री शर्मा
सुशासनका पक्षमा उभिएकाले राजश्व बढाउन सफल भयौं : मन्त्री शर्मा