काठमाडौँ । माछापुच्छ्रे बैंकले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी बृत्त लैनचौरलाई तीनवटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी बृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बाग्मती प्रदेश प्रमुख निरजमान सैजुले उक्त रोड ब्यारीगेट हस्तान्तरण गरेका हुन् ।
बैंकले बढ्दो सडक दुर्घटना र सडकमा हुने विभिन्न प्रर्दशनहरुलाई मध्यनजर गर्दै सर्वसाधरणको सुरक्षाको लागि सडक ब्यारीगेट हस्तान्तरण गरेको हो । बैंकले सातै प्रदेशमा आफ्ना १६३ बटा शाखाहरु र १५७ शाखारहित बैकिङमार्फत आफ्ना ग्राहकलाई सेवा दिँदै आएको छ ।
यस्तै, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२६ स्थानवाट १० लाखभन्दा बढि ग्राहकलाई सेवा दिँदै आएको बैंकले जानकारी दिएको छ । यसैगरी, बैंकको देशभर २०० वटा एटीएमहरु संचालनमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ पुस २०७८, १८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माछापुच्छ्रे बैंक र बिगमार्टबीच सम्झौता
एटीएम मशिन तोडफोड गरेको आरोपमा बूढानीलकण्ठबाट २ जना पक्राउ
माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला पुनः नियुक्त
माछापुच्छ्रे बैंकले नेपाल भित्र्यायो फिन पीओएस कारोबारमा साउण्ड प्रविधि
माछापुच्छ्रे बैंकको अध्यक्षमा केसी नियुक्त