काठमाडौं। माछापुच्छ्रे बैंक र मेगा मार्ट प्रा.लि. (बिग मार्ट)बीच डिजिटल कारोबारलाई प्रर्वधन तथा प्रोत्साहन गर्ने उद्देश्यले एक सम्झौता भएको छ । सम्झौतापश्चात देशभरि रहेका बिग मार्टका आउटलेटबाट माछापुच्छ्रे बैंकका ग्राहकले विभिन्न डिजिटल माध्यमहरू प्रयोग गरी सामान खरिद गर्दा आर्कषक सुविधा पाउनेछन्।
यसैबीच बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै हरेक सोमबार बैंकको डेबिड वा क्रेडिट कार्डको प्रयोगगरी पिओएसबाट बिग मार्टमा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा २०० सम्मको क्यासब्याक प्रदान गर्ने छ।
माछापुच्छ्रे बैंकले देशभर रहेका ३०० भन्दा बढी विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौतागरी आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ । सम्झौताले ग्राहकलाई डिजिटल कारोबार गर्ने प्रोत्साहन र व्यापार व्यवसाय गर्ने संध संस्थालाई व्यापार प्रववर्दधनमा सघाउ पुग्दै आइरहेको बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंकले हाल ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १११ शाखारहित बैंकिङ्ग सेवा, २०० एटिएममार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ भदौ २०८१, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माछापुच्छ्रे बैँकका एक सञ्चालकको राजीनामा स्वीकृत, दुई नियुक्त
एटीएम मशिन तोडफोड गरेको आरोपमा बूढानीलकण्ठबाट २ जना पक्राउ