काठमाडौं। विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यकासाथ माछापुच्छ्रे बैंक लिमिटेडले मलेसियास्थित सीबीएल मनि ट्रान्सफरसँग औपचारिक सम्झौता गरेको छ ।
माछापुच्छ्रे बैंले मलेसियामा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ मलेसियास्थित सीबीएल मनि ट्रान्सफरसँग सहकार्य सोमबारदेखि विधिवत रूपमा रेमिटेन्स सेवा शुरूआत गरेको हो ।
रेमिट्यान्स सम्बन्धी उक्त सम्झौतापत्रमा सीबीएल मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजी र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरे ।
उक्त सम्झौतापछि अब मलेसियामा रहेका नेपालीहरूले मलेसियास्थित सीबीएल मनि ट्रान्सफरका १५ वटा शाखा र सीबीएल मनि ट्रान्सफरको सिटी रेमिट एपबाट एमबीएल रेमिट (MBL REMIT) गरि नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखा, ९९ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिनेछ ।
साथै, सीबीएल मनि ट्रान्सफर र सिटी रेमिट एपबाट एमबीएल रेमिट गरि पठाइएको रेमिट्यान्स नेपालका जुनसुकै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था बैंकले मिलाएको छ। मलेसियामा रहेका नेपाली कामदारहरूको सुविधाको लागि माछापुच्छ्रे बैंकले मलेसियाकै मोबाइल नम्बरमा माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप (MBL M-Smart) को सेवा पनि उपलब्ध गराएको छ ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको बैंकले पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६५ वटा शाखा, ९९ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएम बुथमार्फत १७ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ बैशाख २०८२, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माछापुच्छ्रे बैँकका एक सञ्चालकको राजीनामा स्वीकृत, दुई नियुक्त
माछापुच्छ्रे बैंक र बिगमार्टबीच सम्झौता
एटीएम मशिन तोडफोड गरेको आरोपमा बूढानीलकण्ठबाट २ जना पक्राउ