काठमाडौं। माछापुच्छ्रे बैंकको एटीएम मशिन तोडफोड गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका–१ घर भई हाल बूढानीलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङ छन् ।
उनीहरूलाई प्रहरी वृत्त महाराजगन्जको टोलीले बूढानीलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे बैंकको एटिीएम मशिन तोडफोड गरेको आरोपमा पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार एटीएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा उनीहरूलाई आज बिहान पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ असार २०८१, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माछापुच्छ्रे बैँकका एक सञ्चालकको राजीनामा स्वीकृत, दुई नियुक्त
माछापुच्छ्रे बैंक र बिगमार्टबीच सम्झौता