काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममा प्रेमिकाको अश्लिल फोटो, भिडियो पोष्ट गरी चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । दोलखाको बैतेश्वर गाउँपालिका-८ ठेगाना भइ काठमाडौं टोखास्थित धनेश्वर बस्ने २३ वर्षीय सुजन जिरेललाई प्रहरीले पक्राउ गरेको हो ।
आफ्नी प्रेमिकासँग प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लिल फोटो तथा भिडियोहरू प्रेमिकासँग विवाद परेपश्चात उनले पोष्ट गरी चरित्र हत्या गरेको बताइएको छ । यससम्बन्धमा उजुरी परेपछि प्रहरीले जिरेललाई काभ्रेको पाँचखालबाट पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखका अनुसार उनलाई विद्युतीय कारोवार ऐन कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ भदौ २०७८, १८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित ४ जना पक्राउ
स्कुटर चोरीमा संलग्न दुई जना पक्राउ
रिंकु सदाय मृत्यु प्रकरण- पञ्चायत गर्ने वडा सदस्य साहसहित चारजना पक्राउ
२० किलो चाँदीसहित काठमाडौँबाट ५ जना पक्राउ
रिंकु मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ
श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ