काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले सुनसरी र इलामबाट चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले २४ फागुनमा इलामको इलाम नगरपालिका–९ मा चेकजाँचको क्रममा मे १ च ४५२५ नम्वरको पिकअप गाडीको डिकीमा लुकाई छिपाई राखेको अवस्थामा ३ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।
प्रतिबन्धित लागूऔषध ब्राउन सुगर बरामद भएसँगै उक्त गाडी सहित चालक इलाम नगरपालिका–१२ का रोशन लिम्बू र सोही स्थानका मनिष राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सुनसरीको प्रहरी चौकी पानवारीबाट खटिएको टोलीले धरान उप–महानगरपालिका–६ का २६ बर्षीय योगेश कार्की र धरान–१० का २२ बर्षीय लोकबहादुर मगरलाई निषेधित औषधि ट्रामाडोल १२७ ट्याब्लेट, डिकोलिक ११५ ट्याब्लेट, स्पास्मो र स्पासपेन २३ ट्याव्लेट सहित नियन्त्रणमा लिएको छ ।
लागूऔषधसहित पक्राउ परेका चारैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ फागुन २०८१, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
अवैध लागूऔषधसहित ७ जना पक्राउ
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ