आहा रारा गोल्डकप : उपाधिका लागि नेपाल पुलिस र ब्ल्याक बुल्स भिड्दै

सफल खबर संवाददाता

शनिबार, ०३ फागुन २०८१, ०८ : ४४
आहा रारा गोल्डकप : उपाधिका लागि नेपाल पुलिस र ब्ल्याक बुल्स भिड्दै

पोखरा । पोखरा गोल्डकप फुटबलमा आज उपाधि भिडन्त हुँदैछ ।

कास्कीको पोखरा रङ्गशालामा दिउँसो २ बजे सुरु हुने खेलमा उपाधिका लागि नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

सेमिफाइनलमा चर्च ब्वाइजलाई हराएर पुलिस फाइनलमा पुगेको हो भने ब्ल्याक बुल्सले पाँच पटकको उपाधि विजेता थ्रीस्टारलाई पराजित गरेको थियो । 

नेपाल पुलिस क्लब आजको खेल जित्दै सातौँ पटक च्याम्पियन बन्ने लक्ष्यमा रहँदा प्रतियोगितामा पहिलो पटक सहभागी ब्ल्याक बुल्स पुलिसलाई हराएर पहिलो उपाधि रच्ने योजनामा छ ।

३ विदेशी र ९ स्वदेशी गरी १२ टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एकहजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस