जनकपुरधाम । सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया रिंकु सदायको मृत्यु प्रकरणमा वडा सदस्यसहित थप चारजना पक्राउ परेका छन् ।
सिरहा प्रहरीले वडा सदस्य नथुनी साह, राम कृपाल मण्डल, विन्देश्वर साह र नाम नखुलेका एक जनालाई पक्राउ गरेको हो । नाम नखुलेका व्यक्ति रिंकुलाई अपहरण गरी बलात्कार गरेको मध्येका राम विनय मण्डलको बुवा रहेको बुझिएको छ ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले रिंकु मृत्यु प्रकरणमा वडा सदस्यसहितका व्यक्तिहरू पक्राउ परेको पुष्टि गरे । उनले भने, ‘पक्राउ परेकाहरूलाई अहिले कार्यालयमा ल्याइसकिएको छैन । आएपछि विस्तृत विवरण दिन्छौँ ।
गत माघ २७ मा शौच गर्न बाहिर निस्केको बेला रिंकुलाई तीन जनाले अपहरण गरेर सामूहिक बलात्कार गरेको थियो । उक्त घटना दबाउन वडा सदस्य साहसहितका व्यक्तिहरू गाउँमै पञ्चायत बसेर पीडित परिवारलाई दबाब दिए । पञ्चायत बसेको केहि घण्टामै माघ ३० मा रिंकु घरमै मृत फेला परेकी थिइन् ।
इलाका प्रहरी कार्यालयले सुरुमा बलात्कार आरोपी तीन जनामाथि आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अगाडी बढाएको थियो । तर सामूहिक बलात्कारको रहस्य खुलेपछि पूरक उजुरी परेको छ ।
पीडित परिवारले सामूहिक बलात्कारका तीन आरोपी र पञ्चायतमा घटना दबाउन भूमिका खेलेका पाँच पञ्च गरी आठ जनामाथि जबरजस्ती करणी, अपहरण, हत्या र लेनदेन शीर्षकमा जाहेरी दिएको छ ।
जाहेरी परेकामध्ये बलात्कारका मुख्य आरोपी रुपेश मण्डल यसअघि नै पक्राउ परिसकेका छन् । यसबाहेक उजुरी परेका तीनजना अझै फरार छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ फागुन २०८१, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्कुटर चोरीमा संलग्न दुई जना पक्राउ
२० किलो चाँदीसहित काठमाडौँबाट ५ जना पक्राउ
रिंकु मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ
श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
रौतहटमा १० प्रतिवादी र १ जना तस्कर पक्राउ