काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिमा सक्रियता देखाउन थालेकी छिन् । सात वर्ष राष्ट्रपति भएर बाहिरिएसँगै उनले फेरि सक्रिय राजनीतिमा आफुलाई स्थापित गराउन भूमिका खोजिरहेकी छिन् । कोशी प्रदेशको राजधानी विराटनगर बसेर केही राजनीतिक वामअप गरेर फर्केकी भण्डारी अब मधेस र लुम्बिनी प्रदेशमा पुग्दैछिन् ।
त्यहाँ पनि राजनीतिक भेटघाट गर्ने उदेश्य बनाएकी भण्डारीले विगतमा आफैले सम्मेत राजनीति गरेको एमाले पार्टीको अवस्था, कार्यकर्ताहरूको मनोदशा, अन्य वाम पार्टीहरुसँगको सहकार्य लगायतका विषयमा गम्भिर भएर चासो ब्यक्त गर्न थालेकी छिन् ।
उनको सक्रियता जति बढ्दो छ, एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीमा भने बैचनी उत्तिनै बढ्दो छ । पार्टीमा आफनो विकल्प नभएको र अझै २० वर्ष नेतृत्वमा आफनो रुची वेगर कसैको केही जोर नचल्ने बताईरहेका ओलीलाई भण्डारीको सक्रियता मन परेको छैन ।
तर, भण्डारीलाई राजनीतिमा ल्याएर भएपनि ओलीको पार्टीभित्र चलिरहेको बेलगामलाई रोक्न एमालेका कतिपय नेताहरु नै सक्रिय भईरहेका छन् । भण्डारी राष्ट्रपतिबाट बाहिरिएपछि केही महिना आफ्नै निवासमा सामान्य अवस्थामा रहेपनि त्यसपछि भने राजनीतिक कार्यक्रममा सहभागि हुन थालेकी छिन् ।
भण्डारी २०८० असार १४ मा पहिलो पटक राजनीतिक प्रकृतिको कार्यक्रममा सहभागी भइन् । मदन भण्डारीको ७२औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले काठमाडौंको राष्ट्रिय सभागृहमा गरेको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि भएर सहभागी भएकी थिइन् ।
फाउण्डेसनकै संरक्षक एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विशेष अतिथि रहेको त्यो कार्यक्रममा मदनको योगदानबारे चर्चा मात्रै नगरेर पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक सन्देश पनि दिइन् । उनको भनाइ थियो, ‘मुलुकको राजनीतिक संरचनामा परिवर्तन आए पनि नेपाली क्रान्तिको कार्यभार पूरा भएको छैन ।’
भण्डारीको यो भनाईको सन्देश प्रष्ट थियो – राजनीतिमा उनको आगमन ।
त्यसो त त्यसयता उनले एमालेको पार्टी सदस्यता समेत नविकरण गराईसकेकी छिन् । यधपी, यो विषय एमाले र स्वयम भण्डारीसम्मले गोप्य नै राखिरहेकी छिन् । तर उनलाई पार्टीमा सक्रिय बनाउन एमालेकै नेताहरु कर्णबहादुर थापा, खगराज अधिकारी, भानुभक्त ढकाल, आनन्द पोखरेल, शेरधन राई, विमला राई पौड्याल, डोरमणि पौडेल, गोकुल बाँस्कोटा लगायत नेताहरू कम्मर कसेर लागेका छन् ।
एमालेका पदाधिकारी तहमा पनि भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउनुपर्ने मत छ । तर ओलीको पेलान र समय परिपक्व नबनिसकेको भन्दै उनीहरुले मुख खोलिसकेका छैनन । भण्डारीको यही सक्रियता र पार्टीभित्र बढ्दो प्रभावलाई रोक्न नै ओलीले भने पार्टी महाधिवेशन नै एक वर्ष अगाडी गरेर आफै प्रधानमन्त्री भएकै बेला फेरि अध्यक्ष बन्ने योजना बनाउन थालेका छन् ।
भण्डारीलाई राजनीतिमा रोक्न नै ओलीले पनि चलाखी अपनाउन थालेका छन् । भण्डारीलाई २०८१ बैशाख १० गते एमालेले ‘गणतन्त्र गौरव’बाट सम्मानित गरेको थियो । कम्युनिस्ट पार्टी स्थापना भएको ७५औं वर्ष पूरा भएको अवसरमा गोदावरीमा आयोजित विशेष कार्यक्रममा उनलाई सम्मान गरिएको थियो । भण्डारीलाई सम्मान गरेर पार्टी भन्दामाथि रहेको सन्देश दिएर सक्रिय राजनीतिमा आउने बाटो बन्द गर्न खोजेको टिप्पणी पनि एमालेमा छ ।
तर भण्डारीले सरकारी सुविधा नलिई बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्ने निर्णय लिएरै राजनीतिमा आउने सन्देश ओलीलाई उत्तिबेलै प्रष्ट दिएको एमालेमा टिप्पणी छ ।
ओलीले गणतन्त्र गौरव बाट सम्मानित गरेर बुढानीलकण्ठस्थित निवासमै भण्डारीलाई खुम्चाउन चाहेपनि भण्डारीले भने आफुलाई झन् सक्रिय देखाउन थालेकी छिन् । सम्मानित भएको तीन दिनपछि भण्डारी एमालेका प्रथम अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवसको कार्यक्रममा देखिइन् । मदन जयन्ती मनाउन पूर्वराष्ट्रपति भण्डारीले एमालेका ११ वटा जनसंगठनलाई परिचालित गरिन् । निवासमा एमालेका प्रभावशाली नेताहरूदेखि कार्यकर्ता पंक्तिसँगको भेटवार्ता बढाउादै लगेकी छिन् ।
गत पुसमा पोखरा पुगिन् । उनले त्यहाँ राजनीतिक भेटघाट गरिन्। पोखरामा पुस ४ र ५ गते ‘फेवा संवाद’ आयोजना गरिएको थियो। त्यसमा सहभागी हुन उनी पुसको २ गते नै पोखरा पुगेकी थिइन्।
त्यसपछि उनी कोशी प्रदेश पुगिन् । इटहरीमा रहेको जनता माविको ६८ औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन कोशी प्रदेश गएकी भण्डारीले आफ्ना पुराना सहकर्मीदेखि पार्टीका नेताहरूसँग छलफल गरिन्। त्यसपछि केही दिन थाइल्याण्ड पुगेर फर्केकी उनी अव मधेस र लुम्बिनी प्रदेश जाने तयारीमा छिन् ।
यसले उनको दौडधुप बढाएको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ फागुन २०८१, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रकृति दोहनका कारण मानव जीवन नै संकटमा पर्न थाल्यो : पूर्वराष्ट्रपति यादव
सहिदहरूको बलिदानको कदर गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन
कम्युनिष्ट आन्दोलनमा भएका विभाजनबारे गम्भीर समीक्षा गर्नुपर्छ : विद्यादेवी भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान
लैंगिक समानता महिला र पुरुष दुवैको सरोकारको विषय : पूर्वराष्ट्रपति भण्डारी