काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् । उत्तर प्रदेशको प्रयागराजमा आयोजित कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी कार्यक्रममा सहभागी हुन उनी भोलि भारत प्रस्थान गर्न लागेको सचिवालयले जनाएको छ ।
भारतमा जारी महाकुम्भमा यसअघि कांग्रेस महामन्त्री गगन थापा पनि पुगेका थिए । सचिवालयका अनुसार देउवाको राजनीतिक भेटघाट भने तय छैन । देउवा सहभागी हुने यो कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ फागुन २०८१, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारीको बैठक
पीडितलाई न्याय दिने विषयमा सबै दलको एक मत छ: शेरबहादुर देउवा
सङ्क्रमणकालीन न्यायमा कुनै छलछाम हुनेछैन : सभापति देउवा
म कांग्रेस सभापति हुनमा गिरिजाबाबुको ठूलो योगदान छः सभापति देउवा
बहुमत ल्याउन अर्को पार्टीसँग मिल्नु पर्ने बाध्यता छ : देउवा
प्रशिक्षणले पार्टीलाई सशक्त बनाउँछ : सभापति देउवा