काठमाडौँ । काठमाडौँमा शनिबार भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प नेपालमा भने गएको होइन ।‘तिब्बतमा भूकम्प गएको हो । भूकम्पको तीव्रताबारे थप जानकारी आउन बाँकी रहेको छ,‘ केन्द्रकाे भनाइ छ ।
यसअघि पुस २३ मा तिब्बतको डिंग्री काउन्टीमा भूकम्प गएको थियो । अमेरिकी जियोलोकिल सर्भेअनुसार ७.१ म्याग्निच्युडको सो भूकम्पमा परी करिब ४ सय जनाको मृत्यु भएको थियो भने ३३८ जना घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ फागुन २०८१, १४ : ४८
लेखकबाट थप