राजावादीहरुको काठमाडौं प्रर्दशन : परिस्थिती हेरी तत्काल रणनीति बनाउने सुरक्षा निकायको तयारी

सफल खबर संवाददाता

आइतबार, २५ फागुन २०८१, ०९ : १९
राजावादीहरुको काठमाडौं प्रर्दशन :
परिस्थिती हेरी तत्काल रणनीति बनाउने सुरक्षा निकायको तयारी

काठमाडौं । राजावादीहरुले निक्कै तामझामका साथ आज काठमाडौंमा शक्ति प्रर्दशन गर्ने तयारी गरेका छन् । एक महिना पोखरा बसेर काठमाडौं फर्किने तयारीमा रहेका पूर्व राजालाई आज राजावादीहरुले विमानस्थलबाट शित्तल निवाससम्म शक्ति प्रर्दशन गरेर भित्राउने तयारी गरेका छन् ।

आज अपराह्न ३ बजे विमानस्थलमा ओर्लिएपछि गौशाला, चाबहिल, महाराजगन्ज चोक हुँदै निर्मलनिवास पुर्‍याउने गरी राजावादीहरुले कार्यक्रम बनाएका छन् । यद्यपी, राजावादीहरुले गर्ने प्रर्दशनलाई सुरक्षाकर्मीहरुले तत्कालको परिस्थिती अध्ययन गरेर रणनीति बनाउने योजना बनाएका छन् ।

सुरक्षास्रोतका अनुसार, राजावादीहरुको आजको प्रर्दशनलाई चार वटै सुरक्षा निकायले नजिकबाट अध्ययन गर्ने र परिस्थिती हेरेर तत्काल रणनीति बनाउने योजना बनाएको छ ।


राजावादीहरुको प्रर्दशनमा करिव १५ हजार जति मानिसहरुको सहभागिता हुनसक्ने पूर्व आंकलन सुरक्षा निकायले निकालेको छ । सुरक्षास्रोत भन्छ्, ‘यसलाई ट्याकल गर्ने रणनीति सुरक्षा निकायले बनाईसकेको छ । तर थप केही रणनीति बनाउनु पर्ने अवस्था आएमा परिस्थिती हेरेर ततकाल बनाउने योजनाका साथ सुरक्षा निकाय एलर्ट अवस्थामा छ ।’

भारतका अति हिन्दुबादीहरुले नेपालमा हिन्दु राज्यको लविङका लागि राजावादीहरुलाई उचाल्ने कामगरिरहेको र त्यसको केही प्रभाव देखिन सक्ने अनुमानमा सुरक्षा निकायले विगतमा जस्तै राजधानीको सुरक्षा ब्यवस्था ‘जेट’ आकारमा रहने गरी योजना बनाएको छ ।

नेपाली सेनालाई विमानस्थल आसपास, विमानस्थल छेउमा रहेको आयल निगमको भण्डारण क्षेत्र र महत्वपूर्ण क्षेत्रहरुमा अर्लट अवस्थामा रहने गरी चार वटै सुरक्षा निकायलाई भित्री र बाहिरी रणनीतिका साथ परिचालनको नीति सुरक्षा निकायले बनाएको सुरक्षा स्रोतको भनाई छ ।


खाँटी राजावादी देखाउन राजावादीभित्रै प्रतिस्पर्धा

राजावादीहरुको आजको प्रर्दशनका लागि राजावादीहरुकै विभिन्न समुहहरुको आ आफनो स्वार्थ र होडवाजी चलेको छ । खासगरी राप्रपाका राजेन्द्र लिङदेन, राप्रपा नेपालका कमल थापा, राष्टिय शक्ति नेपालका केशरबहादुर विष्ट र राष्ट, राष्टियता, धर्म, सस्कृति र नागरिक बचाउ महाअभियानका दुर्गा प्रसाईंका बीचमा प्रतिस्पर्धा नै चलेको छ ।

यी समुहले आ आफनो पार्टी र समुहमा आजको कार्यक्रमलाई शक्ति देखाउने होडबाजी र प्रतिस्पर्धा गरेका छन् । खासमा राजाको लागि शक्ति प्रर्दशन भन्दा पनि पूर्व राजाका अगाडी आफुहरु खाटी राजावादी देखिन उनीहरुले आफुहरुका बीचमै प्रतिस्पर्धा गर्न थालेका छन् ।

आजको प्रर्दशनमा यी चार समुह र पार्टी बाहेक पनि पशुपति खड्का अध्यक्ष रहेको युवा शक्ति नेपाल, अधिवक्तहरु स्वागत नेपाल, धुव्रलाल श्रेष्ठ, सन्तोष राजावादी संयोजक रहेको एटीएफ, सिलुकाजी महर्जन संयोजक रहेको नेवा समाज, रमा सिंह संयोजक रहेको राष्ट बचाउ महासंग्राम, मुनिन्द्र राजभण्डारी अध्यक्ष रहेको आरटिएफ, अस्मिता भण्डारी अध्यक्ष रहेको विश्व हिन्दु महासंघ अन्तराष्टिय समिति, अनिल बाबा बस्नेतको शिव सेना नेपाल, चन्द्रवहादुर रामदाम चबरा अध्यक्ष रहेको राष्टबादी नागरिक समाज, किशोरी महतो संयोजक रहेको राष्टबादी बृहत समुह, राजु ब्यन्जनकार अध्यक्ष रहेको नेवा एकता नागरिक समाज, धनेन्द्र बस्नेत अध्यक्ष रहेको मितेरी पार्टी नेपाल, गोविन्द निरौला अध्यक्ष रहेको समाजवादी कांग्रेस, देवेन्द्र पौडेल उपाध्यक्ष रहेको कांग्रेस विपि, इश्वरी प्रसाद भटटराई अध्यक्ष रहेको नेपाल बचाउ अभियान लगायतका २८ वटा संघ सस्थाले आज राजावादीहरुको प्रर्दशनमा सहभागिता जनाउने गरी प्रचार गरिरहेको सुरक्षा स्रोतको भनाई छ ।

‘कतिपय समुह स्वयम आफु एक जना ब्यक्ति मात्र रहेको समुह रहेको र उनीहरुको खास प्रभाव नरहेकोले सुरक्षा निकायले राजावादी समुहको कार्यक्रमलाई नजिकबाट नियालेको छ,’ सुरक्षा स्रोतले भन्यो, ‘यो मनको लडडु खानु सरह मात्रै हो, राजावादीहरुको यस्ता प्रर्दशनले खास अर्थ राख्दैन । ’

प्रतिक्रिया दिनुहोस