रिंकु मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ

सफल खबर संवाददाता

बुधबार, २१ फागुन २०८१, १२ : २५
रिंकु मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ

काठमाडौं । सिरहाकी किशोरी रिंकुकुमारी सदायको मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ परेका छन् । घटनाका मुख्य आरोपी रुपेश मण्डल पक्राउ परेका हुन् ।

मण्डललाई पक्राउ गरेको सिरहाका एसपी रमेश पण्डितले जानकारी दिए ।

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी उनी ६ घण्टासम्म बेपत्ता भएकी थिइन् । बिहानीपख ३ बजेमात्रै उनी घरमा रोइरहेको अवस्थामा फेला परेकी थिइन् । अभिभावकले सोधपुछ गर्दा उनले आफूमाथि सामूहिक बलात्कार भएको बयान दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस