ज्ञानेन्द्र काठमाडौं भित्रिँदा ओली सुदूरपश्चिम जाँदैं

सफल खबर संवाददाता

आइतबार, २५ फागुन २०८१, ०८ : ५४
ज्ञानेन्द्र काठमाडौं भित्रिँदा ओली सुदूरपश्चिम जाँदैं

काठमाडौं । राजावादीहरुले आज काठमाडौंमा शक्ति प्रर्दशन गर्ने तयारी गरेका छन् ।

एक महिनादेखि गण्डकी प्रदेश राजधानी पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज राजधानी काठमाडौं फर्किदैछन् । यही मेसो पारेर राजावादीहरूले आज काठमाडौंमा शक्तिप्रदर्शन गर्ने जनाएका छन् ।

राजावादीहरुले आजको दिनलाई विमानस्थलदेखि निर्मल निवाससम्म शक्ति प्रर्दशन गर्ने र राजालाई शित्तलनिवासमा भित्राउने बताएका छन् । जति राजावादीले यो कार्यक्रमलाई तयारी गरेका छन्, त्यक्ति यसलाई प्रमुख राजनीतिक दलले भने महत्व दिएका छैनन ।

राजाका गतिविधिप्रति शसंकित रहेपनि यसलाई प्रमुख राजनीतिक दलहरुले त्यक्ति महत्व दिएका छैनन । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओली आजै सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठकलाई सम्बोधन गर्नका लागि आजै काठमाडौं बाहिर जाादैछन् ।

राजनीतिक दलहरुले पूर्व राजालाई आफनो सम्वैधानिक दायरा के हो ? भन्ने कुरामा जानकार हुन र दायराभित्र बस्न चेतावनी दिएका छन् । दलहरुले पूर्व राजालाई उदारताका नाममा राजनीति गर्ने भए पार्टी खोलेर चुनावमा आउन चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस