धनगढी । बहुमत प्रदेश सभा सदस्यले खगराज भट्टलाई दलको नेताबाट हटाएपछि विभाजित भएका माओवादीका सांसदहरुले पहिलो पटक सामूहिक छलफल गरेका छन् । आइतबार प्रदेश संसदीय दलको कार्यालयमा खगराज भट्टसहितका सबै प्रदेश सभाका सदस्यहरुले सामूहिक छलफल गरेका छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पटक–पटकको निर्देशनपछि दलका नेता मानबहादुर धामीको आह्वानमा आइतबार भने संसदीय दलको कार्यालयमा जुटेका हुन् ।
प्रदेश सभा सदस्य रमेश धामी बाहेकका सांसदहरुले पहिलोपटक सबै जना एकै ठाउँमा उभिएर अनौपचारिक रुपमै भएपनि छलफलको सुरुवात गरिएको बताएका छन् ।
संसदीय दलको औपचारिक बैठक नभए पनि अनौपचारिक रुपमा दलभित्र देखिएको विवादका विषयमा के–कसरी समाधान निकाल्न सकिन्छ ? भनेर कुराकानी भएको छ ।प्रदेश सभा सदस्य ओमविक्रम भाटले सहमतीका आधारमा दलभित्र देखिएको विवादलाई समाधान गर्ने विषयमा छलफल भएको जानकारी दिए ।
‘पहिलोपटक छलफलको सुरुवात भएको छ । सहमतीको माध्यमबाट विवाद निरुपण गर्न औपचारिक, अनौपचारिक रुपमा बस्दै गरौँ भन्ने कुरा भएको छ,’ भाटले भने, ‘आइतबारको बसाइमा सदनमा एकमत भएर जाने र दलमा देखिएको विवाद हल गर्न वार्ता, छलफल गर्दै निष्कर्षमा पुग्नुपर्छ भन्ने कुरा भयो ।’
धामीलाई दलको नेता चयन गरेपछि माओवादीका प्रदेश सभा सदस्यहरु विभाजित थिए । उनीहरुबीच संवादहीनताको अवस्था थियो तर आइतबारको छलफलले भने संवादहीनताको अवस्था अन्त्य गरेको छ ।
एक सांसदका अनुसार आइतबारको छलफलमा खगराज भट्टलाई दलको नेता बनाउँदा पार्टीमा अन्य नेताको व्यवस्थापन के-कसरी गर्न सकिन्छ ? त्यो मिलाउनुपर्ने कुरा उठेको थियो ।
१२ माघ २०८० मा बहुमत प्रदेश सभा सदस्यले खगराज भट्टलाई दलको नेताबाट हटाउँदै मानबहादुर धामीलाई चयन गरेका थिए । त्यसपछि पार्टी केन्द्रले भट्टलाई नै दलको नेता बनाउन निर्देशन दिएको थियो तर प्रचण्डको निर्देशन कार्यान्वयन गर्न बहुमत प्रदेश सभा सदस्यहरू तयार देखिएका छैनन् ।
पछिल्लो पटक १४ फागुनमा सुदूरपश्चिमका सबै प्रदेश सभा सदस्यलाई खुमलटार बोलाएर छलफल गरेका प्रचण्डले भट्टलाई नै दलको नेता बनाउन निर्देशन दिएका थिए । त्यसपछि भने पहिलोपटक प्रदेश सभा सदस्यहरु सामूहिक छलफलमा जुटेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ फागुन २०८१, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई विधेयकमाथि सैद्धान्तिक छलफल
राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सिंहदरबारमा छलफल
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच छलफल सुरु
पाथीभरा केबलकार विवादबारे कांग्रेस कोशीका १४ जिल्ला सभापतिसँग गृहमन्त्रीको छलफल
संवैधानिक परिषद् विधेयकमा सभामुखले खोजे सत्तापक्षको धारणा
कांग्रेस पदाधिकारीले मन्त्रीहरूसँग छलफल गर्दै