काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले कांग्रेस सभापति शेरवहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
केही दिन अगाडी मात्रै नेपालको विकसित राजनीतिक घटनाक्रमका बारेमा नयाँ दिल्लीको सरकारसँग अपडेट गराउन दिल्ली पुगेका राजदूत श्रीवास्तव शुक्रबार मात्रै स्वदेश फर्केका थिए ।
भारतमा रहँदा विदेशसचिव सहित भारतका विदेश मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुसँग भेटघाट गरेर राजदूत श्रीवास्तव नेपाल फर्केका थिए । नेपालमा राजावादीहरुको काठमाडौंमा प्रर्दशन भएकै दिन आइतबार साँझ राजदूत देउवालाई भेटन उनकै निवास बुढानिलकण्ठ पुगेका थिए । आइतबार साँझ राजदूत साँझ साढे ५ वजे बुढानिलकण्ठ पुगेको र त्यहाँ काग्रेस सभापति देउवासँग झण्डै दुई घण्टा छलफल गरेर फर्केको देउवा निकट स्रोतले बताएको छ ।
देउवासँगको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य तथा वर्तमान राजनीतिक विषयहरूबारे छलफल भएको बताइएको छ। देउवा निकट स्रोतले भेटमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा कुराकानी भएको दावी गरेको छ । यद्यपि, भेटको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
भारतीय राजदूत श्रीवास्तव दिल्लीबाट फर्केलगत्तै उच्चस्तरीय राजनीतिक भेटघाटमा सक्रिय हुन थालेका हुन् । त्यही क्रममा उनले देउवालाई पहिलो प्राथमिकता दिएर भेट गरेका हुन् ।
नेपालमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पूर्व राजा ज्ञानेन्द्रको केही समय अगाडीको भेट, लगत्तै ज्ञानेन्द्रले फागुन ७ मा दिएको वक्तब्य र त्यसपछि हिन्दुबादी र राजावादीहरुको काठमाडौंमा भएको संयुक्त प्रर्दशन लगायतमा भारतले पूर्व राजालाई कतै न कतै ग्रीन सिंग्नल दिएको हुनसक्ने आशंका ब्याप्त भईरहँदा राजदूतको देउवासँगको भेट भएको हो ।
सन्र्दभ राजावादीहरुको प्रर्दशनकै दिन भएर भएको भएपनि नेपालको वर्तमान सरकार र दिल्लीका बीचमा बढिरहेको दुरीका विषयमा पनि देउवासँगको छलफलमा सम्वाद भएको बताइएको छ । राजदूत श्रीवास्तवले दिल्ली पुगेर फर्केलगत्तै देउवासँग भएको भेटलाई अर्थपूर्ण रुपमा लिनुपर्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ फागुन २०८१, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानका राजदूतद्वारा गहवामाईको दर्शन
राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस
राजदूत नेपालीले प्रस्तुत गरे ओहोदाको प्रमाणपत्र
श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण
राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
राष्ट्रपति पौडेलसँग राजदूतहरूले लिए शपथ