काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले विभिन्न समुदायका छात्रहरूलाई सशक्त र आत्मनिर्भर बनाउने उद्देश्यले ५ करोड बढीको छात्रवृत्ति दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ मा दलित, मुसलमान, विपन्न तथा सिमान्तकृत समुदायका ३६० जनालाई ४ करोड ५० लाखको छात्रवृत्ति दिइएको जनाएको छ ।त्यस्तै, सीटीईभीटीले प्राविधिक शिक्षाको पहुँच नपुगेका स्थानीय तहका १२० छात्रहरूलाई १ करोड ४४ लाखको छात्रवृत्ति दिएको छ ।
आवासीय छात्रवृत्तिसहित प्रशिक्षण निरन्तरताका कार्यक्रमहरू ५१ वटा शिक्षालयमा १ हजार ३ सय ५६ जनालाई १८ करोड ४० लाखको छात्रवृत्ति दिइएको छ ।शिक्षा मन्त्रालयका अनुसार छात्रवृत्तिले लक्षित समुदायका छात्रहरूलाई सीप र ज्ञानसँगै अवसरहरू सिर्जना गरेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० माघ २०८१, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशीबाट ८१ हजार विद्यार्थी एसईईमा सहभागी हुँदै
भरतपुर महानगरका विद्यार्थीहरुको विद्यालयमा नै स्वास्थ्य परिक्षण तथा स्क्रिनिङ अभियान शुभारम्भ
स्मार्ट ट्याबमा पढ्दै रामतुलसी माविका विद्यार्थी
महेन्द्र माेरङ क्याम्पसमा झडप : नेविसंघ जिल्ला सभापतिकाे टाेलीमाथि स्ववियू सभापतिकाे नेतृत्वमा हमला
उडिसाबाट काँकरभिट्टा हुँदै फर्किए २० जना विद्यार्थी
केआइआइटीबाट एक सय ५९ विद्यार्थी फर्किए