फिल्म ‘हेल्लो काशीराम’ को फष्टलुक्स सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, २६ फागुन २०८१, १२ : ०४
फिल्म ‘हेल्लो काशीराम’ को फष्टलुक्स सार्वजनिक

काठमाडौँ । फिल्म ‘हेल्लो काशीराम’ को फष्टलुक्स सार्वजनिक गरिएको छ । निर्माण युनिटले फष्टलुक्समा फिल्मको एक पोस्टर बाहिर ल्याएको हो । जसमा प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । पोस्टरमा निर्माण युनिटले फिल्मको प्रदर्शन मिति आगामी २०८२ जेठ २ गतेलाई तय गरेको छ ।

पोस्टरमा अभिनेता दिलीप रायमाझीलाई एउटा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ । जसले दर्शकलाई फिल्म कमेडी शैलीमा निर्माण भएको सङ्केत गर्छ । फिल्मको कथावस्तु अहिले खुलाइएको छैन । तर निर्माण टिमका अनुसार, छिट्टै सार्वजनिक हुने टिजरमार्फत थप जानकारी उपलब्ध गराइनेछ ।

फिल्ममा दिलीप रायमाझीसँगै सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायाललगायतको अभिनय छ ।

फिल्मको निर्देशन रिम विश्वकर्माले गरेका हुन् । फिल्ममा दर्शकले चर्चित अभिनेत्री प्रियङ्का कार्कीलाई विशेष गेस्ट रूपमा देख्न पाउनेछन् । रेडलाइन फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन रिमा विश्वकर्माले गरेका हुन् । यसका निर्माता पीबी थापा रहेका छन् भने यम आलेले फिल्म खिचेका हुन् । डेढ करोडको लागतमा निर्माण भएको फिल्ममा मित्रडी गुरुङको सम्पादन छ । 

फिल्मको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् । द्वन्द्व शङ्कर महर्जनको फिल्मको अन्तर्राष्ट्रिय मिडिया म्यानेजमेन्टको जिम्मा ‘सेलिब्रेटी टाइम्स प्रालि’ले लिएको छ । नेपालभित्र मात्र नभई, विदेशमा रहेका नेपाली दर्शकमाझ पनि फिल्मको पहुँच पुर्‍याउन डिजिटल र पारम्परिक माध्यमहरू प्रयोग गरिने सेलिब्रेटी टाइम्सले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस