राजावादीको प्रर्दशनमा योगी आदित्यनाथको फोटो बोक्ने को हुन् प्रदिपविक्रम ?

सफल खबर संवाददाता

सोमबार, २६ फागुन २०८१, ११ : १९
राजावादीको प्रर्दशनमा योगी आदित्यनाथको फोटो बोक्ने को हुन् प्रदिपविक्रम ?

काठमाडौं । राजावादीहरुको काठमाडौंमा भएको प्रर्दशनमा आइतबार नेपालीहरुका लागि विजाईरहने एउटा तस्विर देखियो – भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको  ठूलो आकारको तस्विर । तस्विरसँगै लेखिएको थियो राजसस्था पूर्नस्थापना गरौं । तल लेखिएको थियो हिन्दुवादी प्रदिप विक्रम राणा ।

उक्त तस्बिर पूर्वराजा ज्ञानेन्द्रको पछि–पछि दुई युवाले मोटरसाइकलमा बोकेर र्‍यालीमा सहभागी भएका थिए । त्यो तस्विरसँगै अर्काे पनि त्यही आकारको तस्विर थियो । जुन तस्विर भने पूर्व राजा ज्ञानेन्द्रको थियो । ज्ञानेन्द्रको तस्विरमा पनि नाम लेखिएको थियो प्रदिप विक्रम राणा ।

योगी आदित्यनाथको तस्बिरमा ुभने हिन्दुराष्ट्र पुनःस्थापनाको आह्वानु लेखिएको थियो । त्यसपछि राजावादीहरुको प्रर्दशनमा उदेकलाग्दो चित्र देखायो – यो नेपाली बलबुताको प्रर्दशन होइन । यहाँ योगी आदित्यनाथ पनि जोडिएका छन् ।

पूर्व राजा पटक पटक दिल्ली जानु, योगी आदित्यनाथसँग भेट गरिरह्नु, नेपालमा हिन्दु राष्टको पक्षमा आदित्यनाथको कडा टिप्पणी आईरहनु र योगी भेटेपछि पूर्व राजाले पोखरा बसेर फागुन ७ मा राजावादीहरुलाई उक्साउने वक्तब्य दिनु र राजावादीहरुको काठमाडौंमा भएको प्रर्दशनमा योगी आदित्य नाथ र पूर्व राजाको तस्विर एकै ब्यक्तिको नाममा बोकेर प्रर्दशन हुनुले राजावादीहरुको प्रर्दशनभित्र दक्षिणको एउटा कटटरपन्थीहरुको साथ र समर्थन छ भन्ने सन्देश दिईरहेको थियो ।

तर यसले नेपालका दलहरुलाई भने झस्काईदिएको छ । आखिर राजावादीहरुको प्रर्दशनमा योगी आदित्यनाथसम्मको तस्विर बोकेर प्रर्दशनमा आउने प्रदिप विक्रम को हुन् त ? अहिले चासो बनेको छ ।

को हुन् प्रदिपविक्रम ?

आदित्यनाथ योगी र पूर्व राजा ज्ञानेन्द्रको तस्विरमा आफनो नाम समेत लेखेर प्रर्दशनमा सहभागी हुने प्रदिपविक्रम राणा राप्रपाका नेता भएको खुलेको छ । उनी ९ फागुन २०७३ मा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वका लागि उम्मेदवार समेत बनेका थिए ।

त्यसबेला राप्रपाका अध्यक्षका लागि कमल थापा र उनी दुईजनाले उम्मेद्वारी दिएका थिए । चुनाव कमल थापाले जिते । राणा त्यसबेला काठमाडौं क्षेत्र नं ७ का पार्टी अध्यक्ष थिए । राप्रपाको उक्त महाधिवेशनका बेला पूर्व राजा ज्ञानेन्द्र कमल थापासँग त्यक्ति सन्तुष्ट थिएनन भन्ने चर्चा राप्रपामा हुने गरेको थियो ।

त्यसबेला राप्रपामा प्रकाशचन्द्र लोहनी पनि अध्यक्षका दावेदार थिए । तर लोहनीले लोकेन्द्रबहादुर चन्द, कमल थापा लगायत नेताहरुसँगको छलफलपछि अध्यक्षको दावी छोडे । लोनीले अध्यक्षको दावी छोडेपछि कमल थापा निर्विरोध अध्यक्ष हुने सम्भाबना बढ्यो । त्यसपछि भने प्रदिपविक्रम राणा एकाएक देखा परे । उनले थापाका विरुद्ध अप्रत्यासित रुपमा अध्यक्षमा उम्मेदवारी दिएका थिए । त्यसपछि राणाको चर्चा भएको हो ।

उक्त चुनाव कमल थापाले जिते । त्यसपछि उनी राप्रपामा रहिरहन सकेनन । उनले कमल थापाले नै छोडेको राप्रपा नेपाल पार्टी ब्यूताए । उनी राप्रपा नेपालको राष्ट्रिय अध्यक्ष समेत बने । राजेन्द्र लिंङदेनसँग थापा चुनाव हारेपछि भने प्रदीपविक्रम राणाले कमल थापा र आफू एउटै पार्टीमा रहेको दाबी गरेका थिए । राणाले एउटै नामका दुईवटा पार्टी र दुईवटा अध्यक्ष रहेको कुरा अस्वीकार गर्दै कानुनतः आफुहरु एउटै पार्टीमा रहेको दाबी गरेका हुन् ।

कमल थापालाई गाई चुनाव चिन्ह दिन नहुने भन्दै सर्वोच्च अदालतमा रिट दिए । अदालतबाट थापाको विपक्षमा फैसला गराउन राणा सफल भए । त्यसपछि भने उनले थापालाई पछि पार्टी जिम्मा लगाए ।कमल थापा राप्रपा अध्यक्ष भएपछि निर्वाचन आयोगले राप्रपाको विधानबाट संविधानसँग राप्रपाको विधान बाझिएको भन्दै बिधानमा उल्लेखित हिन्दु राष्ट्र एवम् राजसंस्था सम्बन्धी वाक्यांश हटाइदिएको थियो ।

 थापा नेतृत्वको राप्रपाको विधानको प्रस्तावनामै ‘‘पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र एवं राजसंस्था सहितको लोकतन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न‘’ भन्ने वाक्यांश छ । यसैगरी विधानको धारा पाँचमा ‘‘नेपाललाई सनातन हिन्दुत्वको भावना अभिवृद्धि गर्ने’ भन्ने वाक्यांश थियो । विधानबाट राजसस्था र हिन्दु राष्ट उल्लेखित शब्द हटाउने निर्वाचन आयोगको निर्णयमा पनि यिनै प्रदिप विक्रम राणाले चर्काे असन्तुष्टि र विरोध जनाएका थिए ।   ‘राप्रपाको मुख्य एजेण्डा नै राजसंस्था र हिन्दु राज्य हो । यी दुबैलाई निर्वाचन आयोगले खारेज गरिदिएको छ । अब राप्रपा के एजेण्डा लिएर चुनावमा जान्छ रु’ त्यसबेला उनले भनेका थिए ।

त्यसपछि प्रँय चर्चामा नरहेका उनी फेरि एकाएक आइतबार राजावादीहरुको प्रर्दश्नमा योगी आदित्यनाथको तस्विर र पूर्व राजााको तस्विर बोकेर परेका थिए ।

 

प्रतिक्रिया दिनुहोस