जनकपुरधाम । प्रदेश नम्बर २ मा नेकपा एकीकृत समाजवादी पार्टीको संददीय दलको नेतामा शत्रुधनप्रसाद महतो चयन भएका छन् । निर्वाचन आयोगबाट राजनीतिक दलको मान्यता पाएलगत्तै नेकपा एकीकृत समाजवादीले नेता चयन गरेको हो ।
संसदीय दलको नेतामा चयन भएका महतो तत्कालिन नेकपा एमालेबाट धनुषाको क्षेत्र नम्बर ४ ख बाट निर्वाचित सांसद हुन् । संसदीय दलको बैठकले नेता मात्रै चयन गरेको र प्रमुख सचेतक पछि चयन गरिने पार्टीका सांसद अशोककुमार यादवले जानकारी दिए ।
नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीसँग १३ जना सांसद छन् । प्रदेश नम्बर २ मा अब नेकपा एमालेसँग भने ८ जना सांसद मात्रै रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ भदौ २०७८, १७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि
नेकपा एसमा १३ बुँदे आचारसंहिता- महिलाप्रति एकनिष्ठताको व्यवहार (पूर्णपाठ)
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै, ९ एजेण्डा तय
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि
एकीकृत समाजवादी बागमतीको अध्यक्षमा भीम दाहाल